पूर्णिमाको वकिल सपना

पूर्णिमाको वकिल सपना

‘भविष्यमा वकिल बन्ने इच्छा छ’, शिरमा मिस टिन एन्जेल २०७५ को ताज पहिरेकी पूर्णिमा कार्की भन्दै थिइन्। मिस टिनको उपाधिले उनलाई धेरै कुरा सिकायो। आत्मविश्वासका साथ अगाडि बढ्न उनलाई यही प्रतियोगिताले मद्दत ग¥यो। भन्छिन्, ‘प्याजेन्ट जितेर अझै ऊर्जा थपिएको छ ।’

राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि हात पारकी थिइन्।

ब्युटी प्याजेन्ट भन्नेबित्तिकै मानिसहरू मोडलिङ गर्नेहरूका लागि मात्र बनेको बुझ्छन् तर यो प्रतियोगिता क्षमता अभिवृद्धि गर्ने प्लेटफर्म भएको पूर्णिमाको बुझाइ छ। मोडलिङतिर लाग्ने वा फिल्म उद्योगमा प्रवेश गर्ने उनको कुनै सोच छैन। चारपाँच वर्ष पढाइमा नै केन्द्रित हुने उनले सोचिसकिन् ।

ब्युटी पेजेन्टमा सहभागी अधिकांशले मोडलिङ र फिल्म करिअरलाई छानेका छन्। तर, पूर्णिमाको सोच भने अर्कै छ। ‘यो प्रतियोगिताले फिल्म क्षेत्रमा प्रवेश गर्न सहज भए पनि सबैको उद्देश्य एउटै हुँदैन’, उनले भनिन्। १२ कक्षा पास गरेपछि ल क्याम्पसमा भर्ना हुने उनले सोचेकी छन् ।

भर्खर कक्षा ११ मा पढ्दै गरेकी पूर्णिमा उमेरले सानै छिन्। ब्युटी पेजेन्टमा भाग लिएपछि सानै उमेरमा उनले व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाएको बताउँछिन्। अर्को सबैको साथ र सहयोगले उनलाई अगाडि बढ्न मद्दत मिलेको रहेछ। ‘परिवारले समर्थन गर्नु नै मेरो सफलताको पहिलो खुड्किलो हो’, उनले भनिन् ।

उपाधि जितेपछि पूर्णिमाले कलेजमा साथीभाइ, शिक्षकको माया अझै बढी पाएकी छन्। उनले हाँस्दै भनिन्, ‘बधाईको ओइरो आइरहेछ। साथीहरूलाई ट्रिट दिन अझै भ्याएकी छैन ।’ पढाइ र करिअरलाई सँगसँगै लाने विषय पूर्णिमाका लागि सहज छैन। तर आवश्यकताअनुसार दुवै विषयलाई समय दिएको उनी बताउँछिन् ।

आवाजविहीनहरूको आवाज बन्न वकिल पेसामा हात हाल्न मन लागेको उनले सुनाइन्। योभन्दा पनि ज्यादा राम्रो वक्ता बन्न चाहन्छिन् पूर्णिमा। भन्छिन्, ‘म यो क्षेत्रका कुनै व्यक्तिबाट प्रभावित छैन तर यो पेसाबाट म न्याय र सहयोगको भावना आफूमा विकास गर्न चाहन्छु ।’

ब्युटी पेजेन्ट आफ्ना सपना पूरा गर्ने माध्यम मात्र भएको उनको बुझाइ छ। भन्छिन्, ‘पक्कै पनि अझै थुप्रै रमाइला यात्रा गर्न बाँकी नै छ ।’ पूर्णिमा पढाइबाहेक सामाजमा पिछडिएका बालबालिकाका लागि केही गर्न चाहन्छिन्। वकिल बन्न चाहनुको इच्छा यही उद्देश्यका लागि भएको उनी बताउँछिन्। भविष्यमा मिस नेपालमा भाग लिने पनि उनले बताइन् ।

पूर्णिमा आफ्नो लभ लाइफका बारेमा पनि हाँस्दै बताउँछिन्, ‘धेरैको प्रस्ताव आउँछ तर म पढाइ र करिअरमा अहिले फोकस गर्दै छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.