कांग्रेसका पूर्व केन्द्रिय सदस्य, जिल्ला सभापतिसहितका नेता एमालेमा प्रवेश

एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी हो : ओली

कांग्रेसका पूर्व केन्द्रिय सदस्य, जिल्ला सभापतिसहितका नेता एमालेमा प्रवेश
सुन्नुहोस्

सुनसरी : नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य,जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन्। एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्व जिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकीकृतलगायतका पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेकालाई स्वागत गरेका हुन्।

ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हक हितमा लाग्न सुझाव दिएका छन् । उनले नेकपा एमालेले सुशासनको काम गर्ने बताए ।  

ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी भएको बताए । उनले भने, ‘नेकपा एमाले मात्रै यस्तो पार्टी हो, जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ।’  फरक प्रसङ्गमा ओलीले अहिले कांग्रेस रवि लामिछानेको पछि हात धोएर लागेको बताए। 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री विश्वासले आफू जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा रहेको तर सबै पीडित भएर बसेको बताइन्। उनले भनिन्, ‘कांग्रेसमा परिवारवाद हाबी भयो, बस्ने वातावरण भएन र हामीले विद्रोह गर्‍यौँ, परिवारवादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेश गरेका हौं।’
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.