जाजरकोट बस दुघर्टना : मृतक चारै जनाको सनाखत

जाजरकोट बस दुघर्टना : मृतक चारै जनाको सनाखत

जाजरकोट : जाजरकोटमा बिहीबार साँझ भएको बस दुघर्टनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ।  

डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका ४ छाँचुका मुनबहादुर बोहरा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका लालबहादुर बिक, बाँके जिल्ला खजुरा–२ निवासी बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारीको मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख केशर कार्कीले जानकारी दिए।  

प्रहरीका अनुसार बस दुघर्घटनाका गम्भीर घाइते पश्चिम रुकुमको आठबिसकोट १३ का लालबहादुर थापा र आठबिसकोट- ११ का भरत चन्दलाई थप उपचारका लागी राति नै नेपालगञ्ज पठाइएको छ।  

थापाको देब्रे खुट्टा भाँचिएको छ भने चन्दको दुवै खुट्टा भाँचिएका छन्।  दुवैको नेपालगञ्जस्थित हाडरोग विशेषज्ञ डा . विनोद थापाको मेडिकलमा उपचार भइरहेको छ।  देब्रे हात भाँचिएको र ढाडमा चोट लागेका जाजरकोट नलगाड ५ कालिमाटीका बिवस बोहरालाई शुक्रबार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।  

जाजरकोट अस्पतालमा पश्चिम रुकुम आठबिसकोट ६ का धिरेन्द्र बोहरा, जाजरकोट भेरी नगरपालिका १ पिपेकी पञ्चकली राना, बारेकोट ८ का जयराम विक, डोल्पा जगदुल्ला ४ का जीतबहादुर बोहरा र सल्यान कुपिन्डे ५ निवासी चालक मोहन राना पाँच जनाको उपचार भइरहेको छ।  

घाइतेमध्ये एकजना उपचारपछि घर फर्किएका छन्।  घाइतेको निशुल्क उपचार गरिने प्रजिअ बस्नेतले जानकारी दिए।  घाइतेको उपचारमा लाग्ने सबै खर्च सरकारले दिने उनको भनाइ छ।

नेपालगञ्जबाट रुकुमको राडीबजारतर्फ गइरहेको भे १ ख १३२९ नम्बरको बस जाजरकोट भेरी १ रिम्नस्थित भीरमा खसेको हो।  

घाइतेका अनुसार बसको ब्रेक फेल भएर चिप्लिएर भेरी नदीको किनारमा खसेको थियो।  जाजरकोट डोल्पा सडकको खलंगा रिम्नखण्डमा पर्ने यो बाटो कच्ची, साँघुरो छ।  मोडमा बस चिप्लिएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.