जाजरकोटमा मुटु रोगी धेरै

जाजरकोटमा मुटु रोगी धेरै

जाजरकोट : जाजरकोटका धेरै मानिसमा मुटु सम्बन्धी समस्या रहेको पाइएको छ।  सहिद  गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको आयोजना र जयन्ती स्मृति ट्रष्ट तथा सम्मान फाउन्डेसन काठमाडौंको सहयोगमा जाजरकोट अस्पतालमा संचालित निशुल्क मुटुरोग शिविरमा मुटु रोगका धेरै बिरामी भेटिएका हुन्।  

केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रवि मल्लको नेतृत्वमा आएको चिकित्सकको टोलीले बिहीबार जाजरकोट अस्पतालमा गरेको शिविरमा आठसय ४२ जनाले मुटुरोगको परीक्षण गराएका थिए।  तीन सय १० जनाको ईको र चार सय ५० जनाले ईसिजी गराइएका छन् ।
  

परीक्षण गराएका मध्य एक सयमा मुटु सम्बन्धी कुनै न कुनै प्रकारको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मल्लले बताए।  मुटु रोगको जटिल समस्या भएका २४ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।  चार जनाको भल्भ फेर्नुपर्ने, बाथ मुटु रोगी चारजना, मुटुमा प्वाल (यूएसडी) भएका ६ जना, मुटुमा प्वाल (एएस्डी) भएका चारजना, पेसमेकर एकजना, टीएटी एक, एन्जियोग्राम दुईजना, पत्ता नलागेर थप परीक्षण गर्नुपर्ने दुई जना गरी २४ जनालाई रेफर गरिएको डा. मल्लले जानकारी दिए।  

‘यति धेरै बिरामी एकै पटक थप उपचारका लागि रेफर गरिएको यो नै पहिलो जिल्ला हो’, परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै मानिसमा मुटुरोगको समस्या देखिएको जानकारी दिँदै मल्लले भने,  ‘अर्को हिसाबले शिविरकै कारण ति सबैले समयमै निशुल्क उपचार पाउने भए खुसीको कुरा हो ।’ विशेषज्ञ सेवा नपाएका नागरिकलाई दुर्गममै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको जयन्ती स्मृति ट्रस्टकी उर्मिला खनालले बताइन्।  ‘रेफर गरिएका बिरामीको सहिद गंगालाल हृदयरोग केन्द्रमा निशुल्क उपचारको व्यवस्था मिलाइने छ भने बिरामी र एक जना कुरुवालाई आतेजातेसहितको व्यवस्था समेत मिलाइनेछ’, उनले भनिन् ।
    
आर्थिक रुपमा विपन्न नागरिक जसको उपचारमा पहुँच पुग्दैन त्यस्ता विरामीका लागि  शिविर निकै लाभदायी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलको भनाइ छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.