दोलखाका दुई हजार भूकम्पपीडितले अनुदान पाएनन्

दोलखाका दुई हजार भूकम्पपीडितले अनुदान पाएनन्

चरिकोट : समयमा बजेट निकासा नभएका कारण दोलखाका दुईहजारभन्दा बढी भूकम्पपीडितले एकमहिनादेखि अनुदान पाउन सकेका छैनन्। करिब एकमहिनादेखि बजेटको अख्तियारी नआएपछि विभिन्न किस्ता पाउने सिफारिस भएका दुईहजारभन्दा बढी भूकम्पपीडितको भुक्तानी रोकिएको हो। पहिलो, दोस्रो र तेस्रो सहित तीनै किस्तावापतको करिव २२ सय भूकम्पपीडितको अनुदानको भुक्तानी रोकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाले जनाएको छ। 

करिव डेढ महिनाअघिदेखि नै बजेट माग गरी पटक–पटक ताकेता गरिए पनि अख्तियारी आउन ढिलाइ हुँदा समस्या भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले जानकारी दिए।
    

‘तेस्रो किस्ताको लागि निवेदन दिएको एक महिना भो’ भीमेश्वर नगरपालिका–१, का मंगले थामीले भने, ‘कामदारले कराएर हैरान नै बनाइसके।’ दोस्रो किस्ताको पैसा लिन चरिकोट आएकी भीमेश्वर नगरपालिका–८ की रुपमाया थापाले भनिन् ‘खै बजेट नै छैन रे भन्छन् फेरि दुख पाउनु पर्ने भो।’ भूकम्पपीडितलाई भुक्तानी दिन रकम अभाव भएपछि कार्यालयले करिव एकअर्ब बजेट माग गरेको छ। 

कार्यालयले पहिलोपटक पुस १६ गते बजेट माग गरेको आचार्यले बताए। कुनै प्रतिक्रिया प्राप्त नभएर माघ २ र २१ गते तीनपटक पत्राचार गर्दा पनि अझै अख्तियारी नआएको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले जनाएको छ।

बजेट अभावले दैनिक दुईसय भन्दा बढिको दरले किस्ता भुक्तानी रोकिँदै गएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए। दैनिक करिब पहिलो किस्ताका लागि ६०, दोस्रो किस्ताका लागि दुईसय र तेस्रो किस्ताका लागि दुईसय ५० भुक्तानीका सिफारिस हुने गरेको छ। आचार्यका अनुसार बुधबारसम्मको अवधिमा दुईसय १० जनाको पहिलो, एकहजार ५९ जनाको दोस्रो र एकहजार २ सय जनाको तेस्रो किस्तावापतको भुक्तानी रोकिएको हो।

माघ पहिलो सातादेखिको फाइल कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइएको भए पनि बजेट भुक्तानी हुन सकेको छैन। उनीहरुलाई किस्ता वितरणका लागि २६ करोड बजेट आवश्यक रहेको छ। चालु आर्थिक वर्षमा जिल्लामा २ अर्ब १ करोड ९८ लाख बजेटको अख्तियारी आएकोमा सबै भुक्तानी भइसकेको छ। हालसम्म दोलखाका भूकम्पपीडितलाई अनुदानवापत १६ अर्ब २२ करोड ६६ लाख रकम भुक्तानी भइसकेको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.