अर्घाखाँचीमा चट्याङले लागेर युवकको मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका-८ हंसपुरको विजुरेमा चट्याङ परेर स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।
चट्याङ लागेर अचेत अबस्थामा रहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको प्रहरीको भनाइ छ । घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । त्यस्तै चट्याङ लागेर मालारानी-९ को गोखुंगामा स्थानीय कविराम पाैडेलको एक बाख्रो र एक खसी मरेको स्थानीय इन्द्र रेग्मीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !