सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ

सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईलाई नगद ६० हजार घुससहित आइतबार दिउँसो पक्राउ गरेको हो । कार्यालयमै उनले सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए। 

‘आइतबार दिउँसो नगरपालिकाको कार्यालयमै अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो’ कार्यालय प्रमुख ढकालले भने, ‘उनले एउटा निर्माण सम्पन्न भइसकेको कल्भर्टको बिल फरफारक गरिदिए बापत रकम मागेका रहेछन्।’ 

बेलौरी नगरपालिकाको चालु आर्थिक वर्षको बजेट अन्र्तगत निर्माण गरिएको कल्भर्टको निर्माण सम्पन्न भइसकेपछि बिल फरफारक गरिदिए बापत निर्माण व्यवसायीसँग सब-इन्जिनियर बजगार्इंले ६० हजार माग गरेका थिए।

निर्माण सम्पन्न भइसके पनि बिल फरफारक गरिएको थिएन्। निर्माण व्यवसायीसँग बिल फरफारक गरे बापत उनले  ६० हजार दिनुपर्ने अनि काम हुने भनेपछि सेवाग्राहीले अख्तियार गुहारेको कार्यालय स्रोतको दाबी छ। 

अख्तियारको कञ्चनपुरस्थित कार्यालयले घुस लिएको अवस्थामा पक्राउ परेका सब-इन्जिनियरका विषयमा थप अनुसन्धान अघि बढाइने जनाएको छ। 

कार्यालयले घुस लिइरहेको अवस्था पक्राउ परेका सब-इन्जिनियर बजगाईलाई थप अनुसन्धान र कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने र त्यही अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.