सामाजिक सुरक्षा भत्ता बैंकबाट
कालिकोट : कालिकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता सीधै बैंकमार्फत वितरण गर्न सुरु गरेको छ। यसअघि हात्तैमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको भन्ने जनगुनासो आएपछि नगरले बैंक खाताबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो।
सामाजिक सुरक्षा भत्ता पारदर्शी बनाउन बैंक खाताबाटै वितरण गर्ने नगरले निर्णय गरेपछि सम्बन्धित व्यक्तिकैै खातामा मात्र सामाजिक सुरक्षा भत्ता भुक्तानी दिने व्यवस्था मिलाइएको लेखा अधिकृत ज्ञानबहादुर वलीले बताए। नेपाल सरकारले कर्णालीमा दिँदै आएको बालपोषण, वृद्धवृद्धा, एकल महिलालाई दिँदै आएको भत्ता र अपांग भत्ता सम्बन्धित व्यक्तिले नपाउने जनगुनासो आएको भन्दै नगरपालिकाले बैंक मार्फतदिन सुरु गरेको हो।
रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले सामाजिक सुरक्षा भत्ता व्यवस्थित रूपमा वितरण गर्न बैंक खातामार्फत दिने व्यवस्था मिलाइएको बताए। उनले भने, ‘यसअघि नामकार्डअनुसार सामाजिक सुरक्षा भत्ता हातमा दिने गरेका थियांै, कार्ड अनुसार दिँदा सम्बन्धित व्याक्ति नआएर घरपरिवारको जोसुकै व्यक्ति आए पनि दिने गरेका थियौं।’ यसले गर्दा बालबालिकाको नाममा आएको पोषणाको रकम घरपरिवारको अभिभावकले मधिरा सेवन गरी खर्च गर्ने प्रवृत्तिले घरमा झैझगडा उत्पन्न हुने र वडापालिकामा झमेला आउने भयो। त्यसैले दुरुपयोग नहोस् भन्न सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालिएको हो।
रास्कोट नगरपालिका २ कि शुन्तली दर्जिले सामाजिक सुरक्षा भत्ता बैंकमा आउने भएपछि भत्ता लिने नगरमा धाउनुपर्ने झन्झट हटेको बताइन्। बैंक खाताबाट तलब भुक्तानी प्रक्रिया सुरु भएसँगै आवश्यकताअनुसार रकम प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !