महिला साफ च्याम्पियनसिपको तयारी तीब्र

महिला साफ च्याम्पियनसिपको तयारी तीब्र

विराटनगर : विराटनगरमा यही फागुन २८ देखि चैत ८ गतेसम्म आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। मोफसलमा पहिलो पटक आयोजना हुन लागेको ठूलो स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सहिद रंगशालाको मर्मतसहितका काम तीव्र पारिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्बाङले मैदान व्यवस्थापनदेखि लिएर अन्य संरचना निर्माणको कामले गति लिएको जानकारी दिए। ‘विराटनगर मात्रै नभएर सिंगो नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय हो,’ उनले भने, ‘प्रतियोगिता आयोजना गर्न पाउनुलाई एउटा महत्वपूर्ण अवसरका रूपमा लिएर कुनै कमी, कमजोरी गर्नु हुँदैन भन्ने सचेत छौं।’ नेम्बाङले मैदानदेखि लिएर खेलाडी, अफिसियल, पाहुना र अतिथिहरूका लागि होटेलहरू बुकिङ, सडक र अन्य संरचना निर्माणलाई तीव्र पार्दै पाहुनाको स्वागत सत्कारका लागि अहिलेसम्म भएका तयारीलाई एन्फाले सन्तोषजनक रूपमा लिएको जानकारी दिए।

एन्फाले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता मोफसललाई जिम्मा लगाएसँगै एउटा उत्साह थपिएको र सबै खाले सहयोग गर्न तयार रहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए। ‘यस प्रतियोगितालाई हामीले ठूलो अवसरका रूपमा लिएका छौं,’ उनले भने, ‘विराटनगर र सिंगो नेपालको उचाइ बढाउने हिसाबमा प्रतियोगिता सम्पन्न गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ।’ नजिकिँदो साफलाई लक्षित गर्दै महानगरले रंगशाला परिसरमा पर्ने सडक निर्माण कार्यलाई पनि तीव्र पारिएको पराजुलीले बताए। प्रतियोगिताकै लागि महानगरपालिकाले करिब एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा पनि गरिसकेको छ।

साफकै क्रममा सहिद रंगशालालाई पुनर्जीवन दिने काम भएको छ। मैदानलाई समथर बनाउने काम सकिएसँगै हरियो घाँस उमार्ने कार्य भइरहेको मैदान व्यवस्थापन उपसमितिका सदस्य मधुसूदन खनालले बताए। उनले प्रतियोगिता सम्पन्न हुँदासम्म मैदानमा कुनै ‘कम्प्लेन’ आउन नदिने बताए। प्रतियोगिताका लागि विराटनगरमा सचिवालयसमेत स्थापना गरिसकिएको छ। प्रतियोगितामा त्रुटि नहोस् भन्नका लागि एन्फा र जिल्ला फुटबल संघ मोरङ सचेत रहेको एन्फाका सह-महासचिव वसन्त अर्यालले बताए। विराटनगरको गौरवसँग जोडिएको प्रतियोगितामा तीन सय बढी अन्तर्राष्ट्रिय अफिसिलयको सहभागिता रहने उनले बताए।

साफ च्याम्पियनसिप प्रचारप्रसार समितिका संयोजक एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले साफ लक्षित प्रचारप्रसारको काम पनि सुरु गरिएको जानकारी दिए। उनले आन्तरिक रूपमा मात्र नभई भारतको जोगबनी, विहार, सिलिगुडी, सिक्किमसम्म प्रतियोगिताबारे प्रचारप्रसार गरिने बताए।

प्रतियोगितामा भारतबाट पनि दर्शक भित्र्याउने लक्ष्य रहेको राईले सुनाए। प्रतियोगितामा सात देशको सहभागिता रहनेछ। समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश, भुटान र पाकिस्तान छ। समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्। यसअघिका प्रतियोगितामा चार पटकसम्म भारतले उपाधि उचालिसकेको छ। नेपालले भने तीन पटकसम्म उपविजेतामा खुम्चिनु परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.