प्रजातन्त्र दिवसमा फुटबल खेल्दा खेल्दै मृत्यु

वीरगन्ज : प्रजातन्त्र दिवसको अवसरमा बाराको सिम्रौनगढमा आयोजित मैत्रीपूर्ण फुटबल खेल्ने क्रमम एकजनाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका–६ का ४५ वर्षीय नुर महम्मद अन्सारीको मृत्यु भएको हो । प्रजातन्त्र दिवसको अवसरमा सिम्रौनगढको फुलबारीस्थित खेलमैदानमा सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघको टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । अन्सारी उद्योग वाणिज्य संघको टिमबाट खेलमा सहभागी थिए ।
खेल चलिरहेकै बेला थकाइको महसुस भएपछि अन्सारी मैदानबाट बाहिरिएका थिए । मैदानबाट बाहिरिएलगत्तै अचेत भएर लडेका अन्सारीलाई उपचारका लागि सदरमुकाम कलैयास्थित जिल्ला अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक रन्जीत सिह राठौरले बताए ।
प्रतिक्रिया दिनुहोस !
