प्रजातन्त्र दिवसमा डोल्पाको काइदा : माइनस ४ डिग्री तापक्रममा घोडा दौड (फोटो फिचर)
डोल्पाः प्रजातन्त्र दिवसको अवसरमा डोल्पामा घोडा दौड प्रतियोगिता गरिएको छ। जिल्लाका २७ वटा उत्कृष्ट घोडालाई प्रतियोगितमा सहभागी गराइएको थियो। हिमपात चलिरहँदा पनि प्रतियोगितामा गाउँगाउँबाट घोडा ल्याइएको थियो।
डोल्पामा प्रजातन्त्र दिवसकै लागि भनेर वर्षौदेखि घोडाको लालन पालन साथै विशेष तालिममा ध्यान दिने गरेको एक घोडचढी त्रिपूरा सुन्दरी नगरपालिकाका शिवेश शाहीले बताए। दौडमा बिजेता बनाउन र घोडाको मूल्य बढाउनकै लागि वर्षमा लाखौँ खर्च गरिने गरेको स्थानीय श्याम रोकायाले जानकारी दिए।
उनले भने, ‘प्रतियोगिताम भाग लिएका घोडाको मूल्य पाँच लाख रुपैयाँ भन्दा धेरै जाने गरेको छ।’
गाउँगाउँबाट घोडादौडमा भाग लिने घोडचढी र रमाइलो हेर्न ठूलो उपस्थिति हुने गर्दछ। माइनस ४ डिग्री सेल्सियस तापक्रममा पनि मंगलबार घोडा दौड हेर्न स्थानीयको भिड लागेको थियो।
दिनभर नचागान र अन्य रमाइलो हेरेका मानिसहरू अबेरसम्म पनि चिसोमा घोडादौड हेरिरहेका भेटिए। प्रतियोगितमा भाग लिएर प्रथम हुनेले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार, तृतीय हुनेले १० हजार र चौथो हुनेले पाँच हजार नगद पुरस्कार रकम प्राप्त गरेका छन्।
यस वर्ष त्रिपूरा सुन्दरी नगरपालिका–२ का बिष्णप्रसाद महतारा पहिलो, सूर्यबहादुर रोकाया दोस्रो, ठूलीभेरी नगरपालिका–४ का राज बुढा तेस्रो र त्रिपूरा सुन्दरी ७ का शिवेश शाही चौथो भएका छन्।
कडा सुरक्षाबीच ६९ औँ प्रजातन्त्र दिवसमा घोडादौड शान्त र निष्पक्ष रुपमा गरिएको र यो खेल मित्रताको प्रतीक पनि भएकोले जोगाइ राख्न अपरिहार्य रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।
स्थानीय कला, संस्कृति, कविता, दोहोरी बजार सरसफाइ, प्रभातफेरी लगायतका विविध कार्यक्रम आयोजना गरिएको प्रजिअ थापाले जानकारी दिए।
जोखिमपूर्ण मानिने यो खेल तथा प्रतियोगितामा खेलाडी आफैले सबै जिम्मेवारी लिएर मात्रै सहभागी हुने गरेको जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले बताए।
खाली घोडालाई लगाम मात्रै लगाएर प्रतियोगितामा दौडाइन्छ। हालसम्म कुनै पनि अप्रिय घटना भने नघटेको र घोडादौड प्रजातन्त्र दिवसमा निकै महत्वपूर्ण हुँदै गएको उपप्रमुख बुढाको भनाइ छ।
२०६४ र २०६५ सालमा दुईपटक आयोजना भएको यो प्रतियोगिता धेरै वर्षको अन्तरालपछि तेस्रोपटक आयोजना भएको हो।
हेर्नुस् टेकबहादुर शाहीले खिचेका फोटोहरू
_20190219155436.jpg)
_20190219155436.jpg)
_20190219155435.jpg)
_20190219155435.jpg)
_20190219155435.jpg)
_20190219155434.jpg)
_20190219155434.jpg)
_20190219155434.jpg)
_20190219155433.jpg)
_20190219155433.jpg)
प्रतिक्रिया दिनुहोस !