विदेशी रकम साटिदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ

विदेशी रकम साटिदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं :  विदेशी रकम साट्ने बाहनामा ठगी गर्ने तीनजना पक्ताउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंले गोगंवु, सामाखुसी, नयाँबसपार्क लगायतको इलाकामा कार्यक्षेत्र बनाई विदेशी रकम साट्ने भन्दै ठगी गर्ने युवालाई पक्राउ गरेको हो। 

परिसरको विशेष टोलीले खोज तलास गर्ने क्रममा गोगबुबाट तीनजनालाई अमेरिकन डलर, साउदी दिराम, दिनार, कतारी रियाललगायतका रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता होविन्द्र बोगतीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।   

जिल्ला सिन्धुली डकाहा सिरतोली गाउँपालिका-९ घर भई हाल गोलढुङ्गा वस्ने वर्ष ३४ को धर्म सिंह घिसिङ्ग, सिन्धुली गिनाखु गाउँपालिका २ घर भई हाल गोलढुङ्गा बस्ने २७ वर्षीय लालबहादुर घिसिङ्ग, र  नवलपरासी गैडाकोट न.पा ३  घर भई हाल गोलढुङ्गा बस्ने ३० वर्षीय उपबहादुर गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले उनीहरुको साथबाट अमेरिकन डलर,भारतीय रुपैयाँ,साउदी रियाल र नेपाली रुपैयाँ सात हजार र तीन थान मोबाइल बरामद गरेको छ। उनीहरुले विदेशबाट आएका व्यक्तिलाई विदेशी रकम सस्तोमा दिने भनी प्रलोभन देखाउने,अगाडि पछाडी विदेशी रकम राखी बन्डल बनाई सस्तोमा साट्ने, भर्खर विदेशबाट फर्केको भन्दै कुना काप्चामा साट्ने भनी लाने र रकम लिएपछि भाग्ने र कुटपीट समेत गर्दै आएको प्रहरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.