काठमाडौंमा भारतीय सांस्कृतिक उत्सव
काठमाडौं : भारतको संस्कृति मन्त्रालयको आयोजनमा काठमाडौंस्थित भारतीय राजदूतावासले काठमाडौं भारतीय उत्सव मनाएको छ । कार्यक्रम अन्तरगत विभिन्न सांस्कृतिक कार्यक्रम गरिरहेका छन् ।
यस अवसरमा शुक्रबार साँझ होटल हयातमा भारतका प्रसिद्ध कालाकारहरुले सांस्कृतिक प्रस्तुती दिएका थिए । गत १९ फेब्रुअरीदेखि विभिन्न कार्यक्रम मार्फत काठमाडौंमा सुरु भएको उत्सव जारी रहेको दूतावासले जनाएको छ ।
नेपाल र भारतको सदियौंदेखि रहँदैआएको सांस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउन कार्यक्रम गरिएको बताइएको छ । एक महिने यस उत्सवमा पन्जावी फेल्क डान्स, थिएटर आर्ट, कथाकाली डान्स, मैथली सम्बन्धी प्रस्तुती, महात्मा गान्धी माथिको प्रर्दशनीसँगै संस्कृत माथी सेमिनार लगायत कार्यक्र गरिँदै छ ।