मुख्यमन्त्री पौडेलद्वारा चिलिमे र रसुवागढी अवलोकन

मुख्यमन्त्री पौडेलद्वारा चिलिमे र रसुवागढी अवलोकन

नुवाकोट : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार रसुवाको चिलिमे जलविद्युत गृह र रसुवागढी नाकाको स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा पौडेलले नेपालको विकासका लागि रसुवागढी नाका र स्वदेशी श्रम महत्वपूर्ण हुने बताए।

मुख्यमन्त्री पौडेलले नेपाल-चीन प्रवेशका लागि हाल संचालनमा रहेको रसुवागढी नाकाको अवलोकन गर्दै नाकाको विकास र प्रवद्र्धनबाट रसुवा, नुवाकोट र प्रदेश ३ को मात्र नभई देशकै विकास हुने बताए।

रसुवागढी नाकालाई प्राथमिकतामा राखेर चीन सरकारले सन् २०१७ को सेप्टेम्बर १ देखि अन्र्तराष्ट्रिय नाकाको मान्यता दिइसकेको छ। 

प्रधानमन्त्री केपी शर्माओलीले समेत केरुङ-रसुवागढी-मैलुङ-त्रिशूली-गल्छी-वीरगन्ज-रक्सौल नाकालाई प्राथमिकतामा राखेर त्रिदेशीय नाकाको योजना बनाएर दुई लेनको सडक निर्माण भइरहेको छ। 

रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले सरकारको योजनामा प्रदेश सरकारले साथ दिने र समग्र जनताको सम्वृद्धिका योजना सफल बनाउने बताए। उनले विकासका लागि जनताको साथ लिएर स्वदेशी पुँजी र स्वदेशी श्रमको मुल्यांकन गरिनेसमेत प्रतिवद्धता जनाए। 

पौडेलले आइतबारै स्याफ्रुवेशीमा रहेको चिलिमे जलविद्युत गृहको समेत स्थलगत अवलोकन गरे। उनले स्वदेशी श्रम र लगानीबाट निर्मित चिलिमे मोडेलका योजनालाई अगाडि बढाएर देश विकास गर्न सकिने पनि ठहर गरे। 

उनले कर्मचारी समायोजनपछि देशमा स्थानीय सरकारले गति लिने बताए। पहिले स्थानीय सरकारलाई कर्मचारीतन्त्रको असहयोग थियो, अब त्यो छैन, कर्मचारी समायोजनाबाट स्थानीय तथा प्रदेश तहलाई सहयोग मिलेको उनको भनाई छ। उनले स्थानीय तथा प्रदेश सरकार बनेको लामो समय भएपनि स्थानीय तथा प्रदेश तहमा थोरै कर्मचारीमात्र जानु स्थानीय तथा प्रदेश सरकारलाई असफल पार्न उद्दत भएको ठहर गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.