राप्रपाको मेची- महाकाली स्वाभिमान यात्रा ताप्लेजुङबाट सुरू

राप्रपाको मेची- महाकाली स्वाभिमान यात्रा ताप्लेजुङबाट सुरू

बिर्तामोड : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले 'मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा' पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट सुरु गर्ने भएको छ। फागुन १५ गतेदेखि सुरु गर्न लागेको यात्रा फागुन ३० गतेसम्म सञ्चालन हुने राप्रपाले जनाएको छ।

हिन्दु राष्ट्रको पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दवाव दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्न स्वाभिमान यात्रा सुरु गर्न लागिएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बताए। उनले यो अभियानको मुख्य उद्देश्य राजसंस्था र सनातन हिन्दु राष्ट्र संरक्षण पनि भएको बताए।

कार्यक्रमका विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री लिङ्देनले राजसंस्थाको आवश्यकता नागरिकले महसुश गरिसकेको र अन्य देशमा पनि पहिले राज संस्था हटाएर पुन: पछि स्थापना भएका कयौं उदाहरण रहेको बताए।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङ सदरमुकामबाट अध्यक्ष कमल थापाले औपचारिक उद्घाटन गरेपछि सुरु हुने र ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने बताइएको छ।

राप्रपाको स्वाभिमान यात्रा कञ्चनपुरबाट फर्केर बुटवल हुँदै पाल्पा, स्याङ्जा, कास्की भएर फागुन २९ गते काठमाडौं प्रवेश गर्नेछ। राप्रपाको फागुन ३० गते दशरथ रंगशालामा विशाल सभा आयोजना गरेर समापन गर्ने कार्यतालिका रहेको जनाएको छ। ताप्लेजुङबाट विभिन्न जिल्ला हुँदै काठमाडौंसम्मको १५ दिने स्वाभिमान यात्राका क्रममा २२ सय ६० किलोमिटरको दूरी तय गरिने छ। 

राप्रपाले यात्राका क्रममा शुद्ध शाकाहारी भोजन खाने, हरेक दिन बिहान धार्मिक अनुष्ठान गरेर यात्रा प्रारम्भ गर्ने र बेलुका आरती गरिने पनि जनाएको छ। यात्राका क्रममा हिन्दु, बौद्ध र किराँत धर्मलाई चिनाउने सजावटयुक्त मन्दिर, चैत्य बनाइने, विभिन्न नदी तथा कुण्डको पानी संकलन गरेर काठमाडौंमा आयोजना गरिने कलश यात्रामा प्रयोग गरेर पशुपतिनाथ मन्दिरमा अभिषेक गरिने राप्रपाले जनाएको छ। 

उनले स्वाभिमान यात्राका क्रममा साना ठूला गरी एक सयभन्दा बढी सभाहरु आयोजना गरिने बताए। राप्रपाले स्वाभिमान यात्राको तयारीका लागि केन्द्रमा सचिवालय गठन गरिएको र जिल्लास्तरको तयारीका लागि चारवटा टोली खटाइएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.