कम्युनिस्टको पालामा सम्वृद्धि असम्भव : देउवा

कम्युनिस्टको पालामा सम्वृद्धि असम्भव : देउवा

त्रिशूली (नुवाकोट) : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सम्वृद्धिको रटान लगाएर निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन्। दुई तिहाइको दम्भका कारण जनस्तरमा कुनै पनि काम गर्न नसकेको देउवाको भनाई छ।

रसुवाको कालिकास्थानमा सोमबार आयोजित कार्यक्रममा सभापति देउवाले नेपालमा कम्युनिस्टको पालामा सम्वृद्धि नआउने दावी गरे। उनले दुई तिहाइको दम्भ देखाएर अधिनायकवादको सपना नदेख्न चेतावनी दिए।

कांग्रेसका पालामा मात्र देशमा परिवर्तन भएको दावी गर्दै देउवाले कांग्रेसलेमात्र सम्वृद्धि ल्याउने समेत बताए। सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै कांग्रेसले प्रतिकार गर्ने बताए।

सरकारका क्रियाकलाप जनताको भावनाविपरीत भएको तर्क गर्दै देउवाले कांग्रेस अब टुलुटुलु हेरेर नबस्ने बताए। देशमा भ्रष्टचार बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको तथा वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको आरोप लगाए।

सरकारले प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामाथि खुल्लमखुल्ला हमला गरिरहेको उनको आरोप छ। उनले राणा शासन र पञ्चायतकालमा समेत यस्तो नभएको दावी गर्दै प्रतिपक्षलाई पाखा लगाएर कुनै पनि कानुन संशोधन नगर्न सरकारलाई चुनौती दिए।

सोही कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसलाई कमजोर प्रतिपक्ष नठान्न सरकारलाई आग्रह गरे।

कांग्रेसमासमेत कमीकमजोरी रहेकोले सच्याउँदै जनतासँग सम्बन्ध नवीकरणका लागि नयाँ योजना लिएर जानुपर्ने समय आएको बताए। उनले देश जोगाउने जिम्मा कांग्रेसको भएको समेत बताए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले एक वर्षको अवधिमा जनताको कुनै पनि विश्वासको कार्य गर्न नसकेको बताए। जनमतको कदर गर्न पनि सरकार चुकेको उनको दावी छ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापाले सरकारले निरंकुशता लाद्ने अभिप्रायले जनता दवाउने किसिमका कानुन ल्याउन क्रियाशील रहेको बताए। कांग्रेसलाई यस्तो कदम स्वीकार्य नहुने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.