नाट्य क्षेत्रको प्रवर्द्धनका लागि सरकार सकारात्मक : प्रधानमन्त्री ओली

नाट्य क्षेत्रको प्रवर्द्धनका लागि सरकार सकारात्मक : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नाट्य क्षेत्रको प्रवर्द्धनका लागि सकारात्मक भएको बताएका छन्। अन्तर्राष्टिय नाटक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सोमबार आफू नाट्य क्षेत्रको प्रवर्द्धनको लागि सकारत्मक भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्। ‘नेपालमा नाटकको भविष्य राम्रो देखेको छु। चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा अथवा दर्शकको क्षेत्रमा किन नहोस् यो विधा धेरैको रुचीको विषय भएको छ’, ओलीले भने, ‘नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेटको पनि विनियोजन गरेको छ।’

प्रधानमन्त्री ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको बताए। नाट्यले  समाजको वर्तमान र भविष्य पनि देखाउने प्रधानमन्त्री उनको भनाई छ। ‘नाट्य विधा समाजको ऐना पनि हो टर्च लाइट पनि हो’, उनले भन, ‘ऐनाले वर्तमान देखाउँछ। टर्च लाइटले भविष्य।’

अनामनगर स्थित मण्डला नाटक थिएटरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीसहित १२ जना स्रष्टालाई सम्मान गरे। जोशीले लेखेको सुनकेसरी पुस्तकको पनि ओलीले विमोचन गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.