पलेँटीमा नारी स्वर

पलेँटीमा नारी स्वर

काठमाडौं : नेपाली संगीतमा समर्पित नारी स्वरको सम्झना गर्दै पुनः पलेँटी सुरु भएको छ। केही समय स्थगित पलेँटी आगामी दिनमा कुनै विषयसँग सम्बन्धित हुने र यसपालिको कार्यक्रम दर्शक र श्रोताको मागका आधारमा तीन दिनसम्म चल्ने प्रस्तोता आभाषले बताए।

गायिका मीना निरौलाले नेपाली संगीतमा योगदान गर्ने विभिन्न गायिकाका गीत सुनाएर करिब साढे दुई घण्टा दर्शक र श्रोतालाई मन्त्र मुग्ध बनाइन्। आभाषले ती गायिकासँगका रमाइला किस्साहरू सुनाइरहँदा श्रोताहरू झन् उत्सुक देखिन्थे। कतिपय भावविह्वल बने। सुरुमा मीनाले नेपाली संगीतकी पहिलो रेकर्डेड गायिका मेलवादेवीको गीत ‘न घरलाई घर कहिन्छ’ सुनाइन्। शुक्रराज शास्त्रीले लेखेको तत्कालीन महिलाको सामाजिक अवस्था झल्किने गीत सुनेर सबैजना चुपचाप बने।

त्यसपछि मीनाले कोइलीदेवीको ‘सम्झिरहन्छु निशदिन केवल हजुरलाई’, तारादेवीको ‘फूलको थुँगा’, अरुणा लामाको ‘सबैले भन्थे’, र ‘उडी जाउँ भने म पन्छी होइन’, शान्ति ठटालको ‘सम्हालेर राख’, डेजी बराइलीको, ‘एउटा खुला किताब हुँ म’ सुनाइन्। आभाषले रोचक तथ्यहरू सुनाइरहे।

त्यसपछि उनले दावा ग्याल्मोको ‘सहरभित्र केको हल्ला’, गौरी केसीको ‘रानी तलाउ किनारा’, तारा थापाको ‘तारी नदेऊ हे माझी दाइ’ , मीरा राणाको ‘मखमली चोलो’, हीरादेवी वाइबाको ‘फरिया ल्याइदिएछन’् , सुनिता सुब्बाको ‘चिरबिर गर्ने’ लता मंगेशकरको ‘आकाशका नौ लाख तारा’, उषा मंगेशकरको ‘माइतीघर’ सुनाइन्।

कार्यक्रमको अन्त्यतिर उनले आफ्नै मनिपुरी गीत ‘नोखिदरा सुनाइन्। त्यसअघि आभाषले उक्त गीतको नेपाली अनुवाद सुनाए। उनले महिलाहरू धेरैखाले माखे साङ्लामा गाँजिने हुँदा आफ्नो यात्रामा निरन्तरता दिन नसक्ने बताएका थिए। पुरुषको तुलनामा महिला संगीतकमी पलायन हुने गरेको बताए।

डेढ दर्जन बढी गीत गाएकी मीनाले पलेँटीमा आएर नेपाली संगीतको इतिहास बनेका गायिकाहरूका गीत सुनाउन पाउँदा आफू खुसी भएको बताइन्। उनले अन्त्यमा उनै मेलवादेवीको गीत ‘सवारी मेरो रेलैमा’ सुनाइन्।

आभाषले महिलाहरू धेरैखाले माखे साङ्लामा गाँजिने हुँदा आफ्नो यात्रामा निरन्तरता दिन नसक्ने बताएका थिए। पुरुषको तुलनामा महिला संगीतकर्मी पलायन हुने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.