ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ
राजविराज : ठूलो परिमाणमा लागुऔषध ओसारपसारमा संलग्न भन्दै एकजनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।
सप्तरीको बोदे बर्साइन नगरपािलका–५ शत्रुघ्न चोकबाट सशस्त्र प्रहरी बलको टोलीले चेकजाँचका क्रममा सोही ठाउँ बस्ने २२ वर्षीय जावेद अलीलाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो ।
अलीले बोकेको झोलाबाट सशस्त्र प्रहरीले तीन सय पिस फेनारगन र तीन सय पिस नुफिल नामक अवैध लागुऔषध बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक खेम थापाले बताए ।
अलीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोमा शुक्रबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !