जनप्रतिनिधिले गरेनन् आफ्नै नीति कार्यन्वयन

जनप्रतिनिधिले गरेनन् आफ्नै नीति कार्यन्वयन

बाजुरा : बाजुराको बडिमालिका नगरपालिकका जनप्रतिनिधि आफैले बनाएको नीति कार्यन्वयन गरेका छैनन्। ०७४ भदौमा बनेको ‘आँफु जहाँ आफ्ना त्यहाँ’ लोकप्रिय नीतिलाई नगर उपप्रमुखदेखि वडा अध्यक्षसम्मले कार्यान्वयन गर्न सकेनन्। 

कार्यपालिकाको सभामा सबै सदस्यहरुले नीतिमा हस्ताक्षर गरेका थिए। नीति बनाउँदा तत्कालै निजी बिद्यालयमा छोराछोरी पठनपाठन गर्ने जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले अनिवार्य सरकारी बिद्यालयमा भर्ना गर्नु पर्ने निर्णय भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवाल बताए। ‘निर्णय गर्यांै हस्ताक्षर पनि सबै कार्यपालिका सदस्यले गरे तर नीति लिएको १ वर्षबढी भइसक्दा पनि धेरै जनप्रतिनिधिले अटेर गरेको छन्।’ बढुवाल भने। 

नगर उपप्रमुख कविता बिष्टका छोरा मार्तडीमा रहेको बडिमालिका बोडिङ्गमा पढ्ने गरेका छन्। त्यस्तै वडा अध्यक्ष डम्मर बहादुर महत, सुरेन्द्र नाथ, बल बहादुर थापा, धर्मराज पाध्याय, बिनोद कुमार बिकका छोरा–छोरी पनि निजी बिद्यालयमा पढ्ने गरेका छन्। त्यस्तै कार्यपालिका सदस्य जयन्ती हमाल र जीत नेपालीले पनि छोरा छोरीलाई निजी बिद्यालयमा नै पढाउने गरेका छन्।

सरकारी विद्यालयको संरचना र पूर्ण जनशक्ति अभावले नीति कार्यन्वयन हुन नसकेको बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बताइन्। आफुले बालमन्दिर आधारभुत विद्यालयमा छोरालाई भर्ना गरेको हो। तर, बच्चाहरुले यहाँ खेलमैदान, पुर्वाधार छैन् भनेर नमान्दा बाध्य भएर नीजि बिद्यालय पठाएको बिष्टले बताइन्। उपप्रमुख विष्टका श्रीमान बीपिन बिष्ट बालमन्दिर आधारभूत विद्यालयमा पढाउछन्। 

वडा–९ का वडा अध्यक्ष बिनोद कुमार बिकले कस्का छोरा छोरी कहाँ पढ्छन् के मतलब? कार्यन्वयन किन नभएको प्रमुख र उपप्रमुखलाई सोध्नु भनेर टारेका छन्। 

त्यस्तै वडा–८ का अध्यक्ष प्रकाश रावल भन्छन्,‘गरिबका छोरा छोरी पढने बिद्यालयमा गुणस्तर सुधार होस र नीति नियम बनाउनेका छोरा छोरी त्यही सरकारी बिद्यालयमा पढ्दा ध्यान जान्छ भनेर निर्णय गरेको बताउँछन्। कार्यन्वयन किन नभएको भन्ने प्रश्नको जवाफमा वडाअध्यक्ष रावलले भने आफुमा विश्वास नभएर किन निर्णय गर्ने आफै अन्योलमा छन्, अनि कसरी कार्यान्वयन हुन्छ। संघीय सरकार भन्दा पहिला आफुहरुले निर्णय गरेको रावलले बताए।

नगर प्रमुख पदम बढुवालले भने निर्णय गर्ने वित्तिकै केही शिक्षकले नीति मानेर सरकारी विद्यालयमा छोराछोरी भर्ना गरेको बताए। निर्णय गर्नेले त कार्यन्वयन गरेका छैनन् कर्मचारी गर्ने त कुरै भएन एक कर्मचारीले बताए। 

बडिमालिका नगरपालिका कार्यरत ललिता थापा, मनीराम खत्री, शंकर सिंह, बिन्दु बडाल, शोभा शाही, गोरख बहादुर थापा, उमेश बढुवाल, देबकी कार्की, टेक बहादुर खड्का, अगत महतका छोरा छोरी पनि नीजि विद्यालयमा पढने गरेका छन्। नीति निर्माताहरुको नीजि बिद्यालयप्रतिको मोहका कारण सरकारी बिद्यालयहरुमा गुणस्तर खस्कदो रहेको देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.