आफ्नो रिलेसनसिपबारे कंगनाको खुलासा
मुम्बई : बलिउडकी अभिनेत्री कंगना रनावत विभिन्न बहानामा प्रायः चर्चामा हुन्छिन् । हालै कंगनाले आफ्नो रिलेसनसिपबारे खुलासा गरेकी छन् । उनले आफ्नो जीवनमा कोही आएको बताएकी छन् । तर उनले रिलेसनसिपमा आएका व्यक्तिको नाम भने खुलाएकी छैनन् । ‘म खुसी छु र एक्लोपन हटेको छ’, कंगनाले भनिन् ।
‘मेरो जिन्दगीमा कोही खास छ । म आज जुन स्थानमा छु त्यहाँ पुर्याउन कसैको साथ जरुरी थियो’, उनले भनिन्, ‘आजसम्म आइपुग्दा मेरा कयौं अफेयर चले । प्रत्येक ब्रेकअप पछि लाग्थ्यो अब मेरो लभ लाइफ सकियो तर पछिल्लो केही महिनामा फेरि प्रेम पलाएको छ । यो एउटा नौले अनुभव भइरहेको छ । एजेन्सी