कर्णाली प्रदेशस्तरीय महिला भलिबलमा सुर्खेत विजयी

कर्णाली प्रदेशस्तरीय महिला भलिबलमा सुर्खेत विजयी

जाजरकोट : आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गर्न जाजरकोटमा जारी प्रथम कर्णाली प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा सुर्खेत प्रथम भएको छ। मंगलबा भएको फाइनल खेलमा सुर्खेतले कालीकोटलाई ३-१ को सेटमा पराजित गर्दै उपाधी पक्‍का गरेको हो। 

सुर्खेतले २५-१९, २५-१७, २२-२५ र २५-१८ को सेटमा कालिकोटलाई पराजित गदै प्रथम स्थान हाँसिल गरेको हो। उपाधिको दावेदार कालिकोटले उपविजेतामा चित्त बुझाउनु परेको छ। त्यस्तै, पश्चिम रुकुम तृतीय भएको छ। पश्चिम रुकुमले दैलेखलाई ३-१ को खेल अन्तरमा पराजित गरी तृतीय स्थान हाँसिल गरेको आयोजकले जनाएको छ। भेरी नगरपालिका जाजरकोटका उपप्रमुख भावना भण्डारीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिन्।

कर्णाली प्रदेशबाट महिला भलिबल खेलाडी छनोट गर्नका लागि गत शुक्रबारदेखि प्रदेशस्तरीय प्रतियोगिता जाजरकोट खलंगामा संचालन गरिएको थियो। जाजरकोटमा पहिलो पटक आयोजना भएको क्षेत्रीय महिला भलिबल प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको थियो।

आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुनका लागि उत्कृष्ट महिला खेलाडी छनोट गर्न खेल आयोजना गरिएको भएपनि समापन कार्यक्रममा खेलाडी छनौट नगरी समापन भएको छ। प्राविधिक कारण छनौटमा परेका खेलाडी पछि घोषणा गर्ने कर्णाली प्रदेश खेलकुद परिषदका सह संयोजक प्रदिप खत्रीले बताए।

फाइनलमा सुर्खेत र कालिकोट प्रतिस्पर्धा गर्दै।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.