गुडगाउँ विश्वकै प्रदूषित सहर, शीर्ष १० मा भारतकै सात सहर
वासिङ्गटन : विश्वकै सबैभन्दा प्रदूषित सहरमा भारतको हरियाणा राज्यस्थित गुडगाउँ परेको छ । आईक्यू एयरभिजुअल र ग्रीनपीसको प्रतिवेदले यस्तो देखाएको हो । विश्वकै सबैभन्दा प्रदूषित १० सहरमध्ये भारतकै सातवटा सहर परेका छन् । शीर्ष ५ मा पाकिस्तानको फैसलाबादसहित भारतका चार सहर परेका छन् ।
प्रदूषणको आकलन पीएम २.५ कणको आधारमा गरिएको हो । पीएम २.५ कण अत्यन्त मिहीन हुन्छ, जसले फोक्सोमा गम्भीर असर पार्छ ।
प्रदूषणको दुष्प्रभाव
ग्रीनपीसका दक्षिण-पूर्व एसिया कार्यकारी निर्देशक येब सानोका अनुसार प्रदूषणको खास दुष्प्रभाव मानिसको श्वासप्रश्वास प्रक्रियामा पर्छ । यसले हाम्रो स्वास्थ्यसँगै गोजी पनि रित्याइदिन्छ । यसले जिन्दगी त सकिन्छ भने विश्वभर अनुमानित २२५ बिलियन डलर को नोक्सान पनि भइरहेको छ। वायु प्रदूषणले औषधिमा करोडौँ डलर खर्च भइरहेको हुन्छ ।
भारत विश्वकै सबैभन्दा तीब्र गतिमा वृद्धि भइरहेको अर्थव्यवस्थामा एक रहेको छ । ३० सबैभन्दा प्रदूषित सहरमा भारतका २२ सहर रहेका छन् । चीनका ५, पाकिस्तानका दुई र र एक बंगलादेशको एक सहर रहेको छ। विश्व बैंकका अनुसार प्रदूषणका कारण भारतको समग्र घरेलु उत्पादन (जीडीपी) मा ८.५ प्रतिशत घाटा भएको छ।
भारतका सात सहर विश्वकै प्रदुषित १० सहरको सूचीमा पर्दा चीनले भने ठुलो प्रगति गरेको छ। चीनले प्रदूषणको स्तर कम गर्नमा ठुलो सफलता पाएको हो । चीनमा सन् २०१७ को तुलनमा सन् २०१८ मा प्रदूषणको स्तरमा १२ प्रतिशतको गिरावट आएको छ ।
समाचार अनुसार यो साता नेशनल पिपुल्स कांग्रेसको बस्न लागेको बैठकमा राष्ट्रपति सी जिनपिङ्गले प्रदूषणको गम्भीर समस्यासँग जुध्नका लागि देशबासीलाई सन्देश पनि दिने भएका छन् ।
विश्वका १० प्रदूषित सहर
श्रेणी शहर प्रदूषणको स्तर
१ गुडगाउँ (हरियाणा) १३५.८
२ गाजियाबाद (उत्तरप्रदेश) १३५.२
३ फैसलाबाद (पाकिस्तान) १३०.४
४ फरिदाबाद (हरियाणा) १२९.१
५ भिवाडी (राजस्थान) १२५.४
६ नोएडा (उत्तरप्रदेश) १२३.६
७ पटना (बिहार) ११९.७
८ होतान (चीन) ११६.०
९ लखनउ (उत्तरप्रदेश) ११५.७
१० लाहोर (पाक) ११४.७
प्रतिक्रिया दिनुहोस !