भारतीय जलसेना प्रमुखको चेतावनी : अझै ठुलो आतंकवादी हमला हुन सक्छ

भारतीय जलसेना प्रमुखको चेतावनी : अझै ठुलो आतंकवादी हमला हुन सक्छ

नयाँ दिल्ली : भारतीय जलसेनाका प्रमुख सुनील लाम्बाले देशमा अझै ठुलो आतं‌कवादी आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । कश्मीरको पुलवामामा भएको चरमपन्थी हमला भन्दा ठुलो हमला समुद्री मार्गबाट हुन सक्ने आशंका गर्दै सजग हुन चेतावनी दिएका हुन् । 

देशका विभिन्न जासुसी संस्थाको रिपोर्टलाई उधृत गर्दै उनले ठुलो आक्रमणका लागि आत‌ंकवादीहरुलाई प्रशिक्षण दिइरहेको खुलासा गरेका छन् । 

तनावयुक्त सम्बन्ध रहेको पाकिस्तानको नाम नलिइ उनले आतंकवादी हमलाको षड्यन्त्र चरमपन्थीहरुले गरिरहेको पनि उल्लेख गरेका छन् । लाम्बाले चरमपन्थीहरुलाई भारत सधैँ अस्थिर रहिरहोस भन्ने चहाना राख्ने देशले सघाइरहेको पनि जिकिर गरेका छन् ।

यसैबीच पाकिस्तान नौसेनाले एक भारतीय सबमरीन आफ्नो सीमामा अवैधरुपमा पसेको दाबी गरेको छ। पाकिस्तानले स्थानीय सञ्चारमाध्यममा त्यो सबमरिनको तस्बिर पनि सार्वजनिक गरेको छ । 

पाकिस्तानले सार्वजनिक गरेको तस्बिरलाई भारतीय सञ्चारमाध्यमले पनि वास्तविक भनिरहेका छन्। यो तस्बिर ४ मार्च राति आठ बजे सार्वनजिक गरिएको हो । पाकिस्तानी नेभीका प्रवक्ताका अनुसार भारतीय सबमरिनलाई आफ्नो जल सीमामा पस्न नदिनका लागि 'विशेष तरिका' को प्रयोग गर्नु परेको थियो । 

पुलवामामा भन्दा ठुलो आक्रमण 

भारतीय जलसेना प्रमुखले तीन साता पहिले जम्मु-कश्मीरको पुलवामामा भएको आत्मघाती हमला भन्दा ठुलो आक्रमण हुन सक्ने बताएका हुन् । यो घटनामा केन्द्रीय रिजर्भ पुलिस फोर्का ४० जना मारिएका थिए । उनका अनुसार अब पुलवामा भन्दा ठुलो चरमपन्थी हमला हुन सक्छ । 

भारत-प्रशान्त क्षेत्रमा सक्रिय

लाम्बाका अनुसार भारत-प्रशान्त क्षेत्रमा पनि आतंकवादी सक्रिय छन् । यस क्षेत्रमा पछिल्ला केही सालयता आतंकवादीले आफ्नो गतिविधि बढाइरहेका छन् । उनका अनुसार विश्वमा केही देशमा मात्रै आत‌ंकवादले छुन सकेको छैन । यसको खतरा अब लगातार बढ्दै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.