थापाको चेतावनी : हिन्दुराज्यको लागि तेस्रो जनआन्दोलन गर्छौँ

थापाको चेतावनी : हिन्दुराज्यको लागि तेस्रो जनआन्दोलन गर्छौँ

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा गृहनगर हेटौंडामा मंगलबार बोल्दै थापाले वर्तमान सरकारले आफूहरुको माग बेवास्ता गरे जनसंघर्ष हुने बताए ।

‘सरकारले हामीलाई कमजोर नठानोस्, जायज मागहरुको वेवास्ता गरिए तेस्रो जनआन्दोलन हुन्छ’, उनले भने, ‘नेपाललाई सनातन हिन्दुराज्य बनाउन हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौँ ।’

अभियानमा ठूलो जनसमर्थन रहेको दाबी गर्दै अध्यक्ष थापाले मेची–महाकाली यात्राबाट आफू उत्साहित भएको बताए । बर्तमान सरकार भ्रष्ट्रचारीहरुलाई प्रश्रय दिने अखडा बनेको उनको आरोप छ । ‘वाइडबढी र सुनकाण्ड  जस्ता विषयमा अहिलेसम्म कुनै तथ्य बाहिर नआउनु त्यसको उदाहरण हो’, थापाले भने, ‘लोकतन्त्रको आडमा भइरहेको मनपरी हामी टुलुटुलु हेरेर बस्नेछैनौँ ।’

साथै उनले सरकारले बिखण्डनकारीहरुलाई निस्तेज पार्न नसके देशमा ठूलो संकट आउने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.