चीनबाट गाई ल्याउने प्रदेश सरकारको तयारी विरुद्ध तनहुँका किसान

चीनबाट गाई ल्याउने प्रदेश सरकारको तयारी विरुद्ध  तनहुँका किसान

दमौली : तनहुँका दुग्ध उत्पादक किसानले प्रदेश सरकारले चीनमार्फत खरिद गर्ने भनिएको चिनियाँ गाईको विरोध गरेका छन्। विगतमा पनि भारतबाट आयात गरिएका गाई सफल नभएको भन्दै किसानले नेपालमै उन्नत नश्ल ल्याएर मात्र गाईको विकास गर्न माग गरेका छन्। 

तनहुँ जिल्ला दुग्ध उत्पादक संघमा आवद्ध किसानले विगतमा पनि संघको छाता संगठन केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले चीनबाट आयात गर्नुभन्दा देशभित्रै उन्नत नश्लका बाच्छी हुर्काउने तथा उन्नत नश्लका सिमन्स आयात गरेमा हावापानी अनुकुल हुने र बढी उत्पादन हुने सुझाव दिएका थिए। तर सरकारले प्रदेश सरकारमार्फत खरिद गर्न लागेर छल गरेको उनीहरुको आरोप छ। 

केन्द्रीय दुग्ध उत्पादक संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संघका पूर्व अध्यक्ष अमरबहादुर कुँवरले विदेशी सहयोग लिने नाममा देशलाई आवश्यक नपर्ने भार थपिन लागिएको दाबी गरे। 'यो देशका लागि आवश्यक छैन, 'उनले भने, 'साँच्चै उन्नत नश्लको विकास गर्ने हो भने सरकारी लगानी बढाएर देशमै उन्नत नश्लका गाई उत्पादन गरिनुपर्छ।' कुँवरले सरकारको निर्णयले किसान आतंकित भएको बताए। 

प्रदेश सरकारलाई समेत संघले यसको विरोधमा ज्ञापन पत्र दिए पनि अटेर गर्ने काम भएको संघका अध्यक्ष यज्ञप्रसाद शर्मा बताए। 'हामीले गरेको विरोधको सुनुवाई नहुन लागेकाले विरोधमा उत्रनु परेको हो,'उनले भने, 'सरकारले निर्णय नसच्याए हुने क्षतिको जिम्मा लिनुपर्छ।'

उनले सहकारीको सुझावबिना खरिद हुने निर्णयले पुराना गाई आयात हुनसक्ने सम्भावना देखिएको बताए। सहकारी र किसानको सुझावबिना हुने खरिद राष्ट्रिय सम्पतिको दुरुपयोग भएको भन्दै उनले यस्तो निर्णय नसच्याए जुनसुकै आन्दोलनमा उत्रन सक्ने चेतावनी दिए। गण्डकी प्रदेश सरकारले चीनबाट चार हजार उन्नत जातका गाई ल्याउने निर्णय गरेको थियो। यसलगत्तै किसान असन्तुष्ट भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.