घर फर्कदा न श्रीमती, न धन सम्पत्ति

घर फर्कदा न श्रीमती, न धन सम्पत्ति

सन्धिखर्क :अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-१ निवासी ३४ वर्षीया पुष्पा नेपाली हराएको डेढ महिना बितिसकेको छ।भुमिकास्थान-१ ढाकाबांग निवासी उनका श्रीमान गोपालबहादुर नेपाली वैदेशिक रोजगारीका लागि दुवईमा छन्। २ छोरा र १ छोरीलाई छोडेर उनी वेपत्ता भएकी हुन्।

गाउँमा रहेकी श्रीमतीलाई गोपालले सन्धिखर्कमा ल्याई भाडाको कोठामा राखे।छोराछोरीलाई सन्धिखर्कको ग्रीन इंगलिस बोर्डिंगमा भर्ना गरिदिए। घरमा सबै कुरा राम्रो हुँदै गएको थियो। तर ७ वर्ष पछि गोपाल नेपाल फर्कदा नत घरमा श्रीमती छिन् नत उनले कमाइएको पैसा नै। उनले विदेशमा दु:ख गरी कमाएको सात लाख रुपैयाँ र करिब पाँच तोला सुन श्रीमतीलाई पठाएका थिए। भएभरको पैसा र गहना लिएर पुष्पा भने फरार छिन्।

उनले श्रीमतीको खोजीका लागि प्रहरी र प्रशासनलाई गुहार गरेका छन्। तरपनि उनी कहाँ छिन, केही अत्तोपत्तो छैन। उनले विदेशबाट कमाएको पैंसाले सन्धिखर्कको-२ चुत्राबेसीमा किनेको घडेरी श्रीमतीको नाममा रहेको भन्दै उक्त जग्गा रोक्‍का गरिदिन जिल्ला प्रशासनमा निवेदन दिएका छन्। 

उनक जेठी छोरी सम्झना र छोरा आतिष ३ कक्षामा र कान्छो छोरा सन्दिप युकेजीमा सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंगमा पढ्दैछन्। गत पुस ३० गते बाट उनी फरार रहेको गोपालले बताएका छन्। 

यस्तै शितगंगा नगरपालिका-५ जुकेनाका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा पौडेल पनि पाँच महिना देखि बेपत्ता छिन्। गत असोज २२ गते 'विदेशबाट पैसा आएको छ, निकालेर आउँछु, भन्दै घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन्। पवित्राको ३ वर्ष अगाडि विवाह भएको थियो। हाल उनको १४ महिनाको छोरा छ। श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्।

श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना अर्थात् २ वटा औंठी, कानका झुम्का र मंगलसुत्र लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले जानकारी दिए। त्यतिमात्र नभइ पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार रकम समेत लिएर गएको पौडेल परिवारको दाबी छ।

 यो गोपाल र चन्द्रप्रकाशको मात्र समस्या हैन यस्तै पीडामा अरु विदेश गएका पुरुषको पनि छ। रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताले समाजमा यस्ता घटना बढ्दो क्रममा छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा श्रीमान विदेश गएकाका १८ जना श्रीमती एक वर्षमै हराएका छन्। गत वर्ष अर्थात आर्थिक वर्ष २०७४।७५ मा ३२ जना महिला हराएकोमा यस वर्ष आजसम्ममा १८ जना महिला हराएको उजुरी परेको छ । बेपत्ता हुने महिला श्रीमानले कमाएको धन सम्पत्ति, नगद, गरगहना सबै लिएर हिंडने गरेको पाएको छ।

गत वर्ष २०७४।७५ मा अर्घाखाँची जिल्लाबाट ७८ जना महिला हराएका थिए। हराएका मध्ये ६४ जना फेला परेका छन् । हराएका ७८ मध्ये विदेश गएकाका श्रीमती ६४ जना रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए।

यस वर्ष ४५ महिला हराएका छन्। हराएकामध्ये ३७ जना फेला परेका छन्। जसमध्ये १८ जना विदेश गएकाका श्रीमती रहेको प्रहरी नायव उपरीक्षक मल्लको भनाइ छ। घरमा एक्लै श्रीमती छोड्ने र  पैसाको सही सदुपयोग नहुँदा समाजमा यस्ता खाले विकृति बढ्दै गएको प्राध्यापक तथा अधिवक्ता जगन्नाथ भुसालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.