‘बलात्कारीलाई फाँसी दे’ भन्दै जनकपुरमा प्रदर्शन

‘बलात्कारीलाई फाँसी दे’ भन्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम : ‘बलात्कारीलाई फाँसी दे’ भन्दै जनकपुरमा प्रदर्शन गरिएको छ। धनुषाको मिथिला नगरपालिका—३ हरिहरपुरकी ९ वर्षकी बालिकाको बलात्कार पश्चात हत्या गरेर जलाउने हत्यारालाई फाँसीको सजाइ माग गर्दै विहीबार प्रदर्शन गरिएको हो। 

कक्षा २ मा अध्ययनरत हरिहरपुर मगरटोलकी अबोध बालिका रेश्मा रसाइलीको हत्या गर्ने अपराधिलाई कडा कारवाहीको माग गरिएको छ। पीडित परिवारलाई क्षतिपुर्ती दिनु पर्ने, सम्वेदनशिल घटनाको उच्चस्तरीय  छानविन गरिनु पर्ने, दोषीलाई कडा कारवाही गरिनु पर्ने, अन्य फरार अपराधिलाई तुरुन्त पक्राउ गरिनु पर्ने माग गर्दै स्कूले विद्यार्थी, महिला, अधिकारकर्मीहरुले  प्रदर्शन गरेका छन्।

पीडित परिवारजन तथा हरिहरपुरका स्थानीयहरुले रेश्समालाई न्याय दिलाउनु पर्ने भन्दै  बिहिबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत, जिल्ला सरकारी वकिल,  उच्च अदालत,  उच्च सरकारी वकिल कार्यालयह अगाडी नाराजुलुससहित प्रदर्शन गरिएको हो।

पिराडी चोक देखि सुरु भएको नाराजुलुस थापा चोक हुदैं मिल्स एरिया, भानु चोक, कदम चोक, सिडिओ कार्यालय हुदै जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत हुदै जनकचोकमा कोण सभामा परिणत भएको थियो।

‘बेटी पढाऊ, बेटी बचाऊ’ नारा अघि सारेका प्रदेश २ सरकारले रेश्समा रसाइलीको घटनामा गम्भीर नबनेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी नाराजुलुस गर्दै प्रर्दशन गरिएको हो।

रेश्समा बलात्कार गरेर  हत्या गरेको अभियोगमा बटेश्वर गाउँपालिका–४ बेंगारी टोलका २२ वर्षीय निरज जर्घा मगरलाई प्रहरीले पक्राउ गरिसकेको छ। गत फागुन १ गते साँझराती  गाउँमै विवाहमा नाच्दै गरेकी बालिका रेश्समालाई निरजले लाइन कटेको मौका छौपेर फ्रुटी र चाउचाउको लोभ देखाएर फकाएर लगि बलात्कार पश्चात हत्या गरेर प्रमाण लुकाउन उनको शव जलाएको प्रहरीको भनाइ छ। आरोपीले घटना एकलै गरेको स्वीकार गरिसकेकोले प्रहरीले भन्दै आएको छ।

पीडित परिवारले घटना एक जनाले मात्रै नगराएको शंका गर्दै फरार अन्यलाई प्रहरीले पक्राउ गर्न नसकेको रेश्समाका काका देवराज रसाइलीले जनाए। ‘सानो बालिकाले कसलाई के बिगार गरेको थियो। इज्जत लुटेर मारेर जलायो,सर्लाहीको लालबन्दीबाट प्रदर्शन गर्न जनकपुर आएकी दलित अधिकारकर्मी गीता विश्वकर्माले भनिन्,‘घटना सुनेर हृदय दुःख्छ ।’ 
रेश्समाको हत्या गर्ने पापीलाइ फाँसीको सजाइ हुनै पर्ने माग  धनुषाको पुष्पवलपुरकी उषा लामगादेले गरिन्।

बालिकाको हत्याले छोरी स्कूल पठाउन डर लागेको जनकपुरकी चन्द्रमाया विश्वकर्माले बताइन्। ‘नेपालमा त फाँसीको सजाई छैन,’उनले भनिन्,‘ तर, नेपालमा जन्मकैदको सजाई पक्कै पनि छ। अपराधीलाई जन्मकैदको सजाई गरेर सरकारले जेलमै सडाउनु पर्छ।’ सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनु पर्ने उनले बताइन्।

महिला अधिकारकर्मी सुमिन्त्रा कुमारीले प्रहरीले फरार अपराधी खोजेर तुरुन्त पक्राउ गर्न प्रशासन गर्न माग गरे। ‘अपराधी प्रहरीले नसमाते कसरी समानु पर्छ भन्ने पाठ प्रहरीलाई हामी सिकाउँछौं’ उनले भनिन्। उच्च स्तरीय छानविन समिति गठन गरेर रेश्समाको घटनालाई छानविन गर्नु पर्ने सघर्ष समितिका अध्यक्ष उमेश जंग गजमेरले बताए। ‘पीडित परिवारको माग सरकारले पुरा गर्नु पर्छ। पीडित परिवारको घाउमा सरकारले मलहमपट्टी नगरे कडा संघर्ष अघि बढाउँछौं’ कोण सभामा बोल्दै विश्वकर्मा समाज प्रदेश २ का अध्यक्ष मिन रहपालले चेतावनी दिए। 

 दलित तथा विपन्न परिवारका रेश्माको धनुषाको मिथिला नगरपालिका—३ हरिहरपुरका देवनारायण रासायलिका एक मात्र छोरी थिइन्। छोरीको हत्या हुनुभन्दा एक महिना अघि देवनारायणको घरमा आगलागी भएर सरासम्पत्ति जलेर राख भयो। अगलागीले बेहाल बनेका उनको परिवार छोरीको हत्याले शोकमा छन्। त्यसमाथि परिवारजन रेश्समाको क्रियाकर्म गर्दा लागेको ५० हजार ऋणले पिरोलिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.