‘काबेली बी १’ अन्तिम चरणमा

‘काबेली बी १’ अन्तिम चरणमा

फिदिम : अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको ‘काबेली बी वान’ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो। आयोजनाको काम अन्तिम चरणमा पुगेकाले वैशाखमा परीक्षण उत्पादन गर्ने तयारी छ।

‘आयोजना सञ्चालन गर्न मेसिन जडानको काम पनि अन्तिम चरणमा पुगेको छ’, आयोजनाका वरिष्ठ इन्जिनियर हस्तमान राईले भने, ‘दुई महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छौं।’

निर्धारित समयमा आयोजनाको काम नसकिएपछि थपिएको समयमा ९९ प्रतिशत काम पूरा भएको हो। गत वैशाखमा केन्द्रीय प्रणालीमा जोडिने लक्ष्यका २०७२ वैशाखमा आयोजनाको शिलान्यास भएको थियो। २०७२ असोजदेखि आयोजना निर्माणको कामले गति लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि आयोजनाले म्याद थप गरी काम अघि बढाएको हो।

‘काममा अवरोध नआए नयाँ वर्षको सुरुवातसँगै विद्युत् उत्पादन सुरु गर्नेछौं’, आयोजनाका जनसम्पर्क अधिकृत डिल्ली सुवेदीले भने, ‘अब पावरहाउसमा एउटा युनिटमात्रै जोड्न बाँकी छ।’

विद्युत् प्रसारण लाइन निर्माणको काममा ढिलाइ हुँदा निर्माणको काम पछि सरेको हो।

अहिलेसम्म पाइपलाइन, ब्यारेज र पावरहाउस निर्माणको काम पूरा भएको हो। दुईमध्ये एक मेसिन जोडिसकिएको छ। इन्टेक, बालुवा थिगार्ने पोखरी र सर्च ट्यांकी निर्माणको काम पनि पूरा भइसकेको छ।

विद्युत् प्रसारण लाइन निर्माणको काममा ढिलाइ हुँदा निर्माणको काम पछि सरेको हो। पूर्वी पहाडबाट उत्पादन गरिएको विद्युत्लाई केन्द्रीय प्रणालीमा जडान गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको १३२ केभीए विद्युत् प्रसारणलाई काबेली करिडोरको कामले गति नलिएपछि आयोजनाको काममा बाधा पुगेको छ। उक्त प्रसारण लाइन सम्पन्न नभइ यहाँ उत्पादित विद्युत्लाई विद्युत् प्रणालीमा जडान गर्न नसकिने भएकाले काममा ढिलाइ गरिएको आयोजनाको तर्क छ।  ‘प्रसारण लाइनका काम सकिएलगत्तै हामी विद्युत् उत्पादन थाल्छौं’, राईले भने, ‘विद्युत् प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको जानकारी पाएकाले मेसिन जडानको कामलाई तीव्रता दिएका छौं।’

पाँचथरको याङवरक गाउँपालिकामा पर्नेे थर्पु, नागी र अमरपुर त्यस्तै ताप्लेजुङको थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम आसापासमा आयोजनाको निर्माण गरिएको छ। थर्पुको दाहाल गाउँबाट पाइपलाइन निर्माण गरिएको छ। पाँच सय ८० मिटर लामो पाइपलाइन निर्माण गरी नागीको पिप्ले भन्ने स्थानसम्म पाइपलाइन विस्तार गरिएको छ। सोही स्थानमा पावरहाउस निर्माण गरिएको छ।

चार अर्बको लगानीबाट आयोजना निर्माण सुरु गरिएको हो। नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा अन्य सातवटा बैंकले आयोजना निर्माणका लागि लगानी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.