स्थानीय तहको खर्च निराशाजनक

स्थानीय तहको खर्च निराशाजनक

मुगु : मुगुका चारवटै स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ। तीनवटा चौमासिक सकिन लाग्दा पनि स्थानीय तहमा विनियोजित विकास बजेट लक्ष्यअनुसार खर्च हुन सकेको छैन।

चालु आर्थिक वर्षको दोस्रो चौमासिकको अन्त्यसम्म आइपुग्दा पनि छायाँनाथ रारा नगरपालिकाले हालसम्म १५ वटा मात्रै योजनाको सम्झौता गरेको छ। कूल दुई सय दुई योजनामध्ये १५ वटा योजनाको सम्झौता भएको र जसमध्ये आठ योजनाको पेश्की रकम गएको योजना शाखा प्रमुख केशरबहादुर रावलले जानकारी दिए।

पुँजीगत खर्चतर्फ कूल १७ करोड ६४ लाख विनियोजन भएकोमा हालसम्म पाँच प्रतिशत मात्रै खर्च भएको छ। सोरु गाउँपालिकामा पनि चालु आर्थिक वर्षको माघ मसान्तसम्म विकास खर्चतर्फ अत्याधिक योजना देखाइए पनि काम भने शून्य छ। १५ करोड ९० लाख बजेट एक सय ७९ वटा योजनामा खर्च गर्न विनियोजन गरे पनि हालसम्म १९ वटा योजनाको मात्रै सम्झौता गरी केहीलाई पेश्की रकम प्रदान गरिएको छ।

मुगुम कार्मारोङ गाउँपालिकामा चालु आर्थिक वर्षमा कूल ४० योजनामध्ये २० को सम्झौता भइसकेको छ भने २० वटा योजना सम्झौता हुन बाँकी छन्। जाडो समयमा स्थानीय नागरिक गाउँमा नहुने र हिमपात अत्याधिक भएका कारण अहिलेसम्म ५० प्रतिशत योजनाको मात्र सम्झौता भएको गाउँपालिकाका प्रशासकीय अधिकृत विकास रिजालले जानकारी दिए। खत्याड गाउँपालिकामा एक सय ९९ योजनामध्ये एक सय ५३ योजनाको सम्झौता भई पेश्की रकम गएको छ।

४६ वटा योजनाको सम्झौता हुन बाँकी रहेको देखिए पनि कूल बजेटको विवरण भने थाहा नभएको खत्याड गाउँपालिकाका योजना शाखा प्रमुख धनबहादुर थापाले बताए। स्थानीय तहले विकास निर्माणका योजनाको तेस्रोे चौमासिक सकिन लाग्दासमेत बजेट खर्च गर्न मुस्किल परेपछि अन्तिम चौमासिकमा बजेट सक्नकै लागि गुणस्तरहीन काम हुने आशंका उत्पन्न भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.