सरकारी आयोजना ११ वर्षदेखि अधुरै, निजी लक्ष्यभन्दा पहिले

सरकारी आयोजना ११ वर्षदेखि अधुरै, निजी लक्ष्यभन्दा पहिले

मकवानपुर : सरकारी विद्युत् आयोजना कुलेखानी तेस्रो निर्माण सुरु भएको आठ वर्षपछि निर्माण थालेको निजी क्षेत्रको माण्डु हाइड्रोको निर्माण कार्य सकिएको छ । तर कुलेखानी तेस्रोबाट अझै पनि विद्युत् उत्पादन हुन सकेको छैन ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारस्थित १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणका केही काम अझै बाँकी रहे पनि भीमफेदीकै इपापन्चकन्यामा २२ मेगावाट विद्युत् क्षमतको माण्डु हाइड्रोको निर्माण सकिएको हो ।

शनिबारदेखि बाँधमा पानी जम्मा गर्न सुरु गरिएको बताउँदै आयोजनाका इन्चार्ज मनोज सिंहले एक साताभित्र परीक्षण उत्पादन सुरु हुने बताए । उक्त आयोजना निर्माणसँगै वागमतीको फोहर पानीको पनि सदुपयोग हुने भएको छ ।

माण्डु हाइड्रोपावर लिमिटेड पवद्र्धक रहेको उक्त आयोजनाबाट आजदेखि ६६ केभी प्रशारण लाईन चार्जको लागि विद्युत् उत्पादनको काम सुरु हुने आयोजनाका इन्चार्ज सिंहले बताए ।

प्रशारण लाईन चार्जको समयमा आयोजनाले भीमफेदी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको इपापञ्चकन्यादेखि बगरबेंसी पावरहाउसम्म पशु चौपाया नछाड्न तथा जथाभावी नहिँड्न भनेको छ ।

यहाँबाट उत्पादित विद्युत् कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङबाट राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । आयोजनाको पावरहाउसबाट साढे १३ किलोमिटरको दूरीमा रहेको कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पु¥याउन ४४ वटा टावर निर्माण गरिएको छ ।

दुई साताभित्र नियमित विद्यत् उत्पादन सुरु हुने आयोजनाका इन्चार्ज सिंहले जानकारी दिए । ‘परीक्षण उत्पादनपछि हामी नियमित उत्पादनमा जान्छौँ, त्यसको लागि करिब १५ दिनको समय लाग्छ’, उनले भने ।

सिइच्वाङ हेइच्वाङ चाइनिज कम्पनी र माण्डु हाइड्रोपावर कम्पनीले २०७२ बैशाखबाट आयोजनाको निर्माण सुरु गरेको थियो । करिब चार अर्बको लगानीमा चार वर्षभित्रै आयोजनाको निर्माण कार्य सकिएको हो ।

कुलेखानी तेस्रो अन्तिम चरणमा

१४ मेगावाट क्षमताको सरकारले निर्माण गरिरहेको कुलेखानी तेस्रोको निर्माणकार्य अन्तिम चरणमा रहेको आयोजना प्रमुख सुभाष मिश्रले बताए । निर्माण संरचनाका कामहरु अन्तिम चरणमा रहेको बताउँदै पूर्वाधार परीक्षणको कामपछि परीक्षण उत्पादन सुरु हुने बताए । २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी ठकेदार पक्षसँग सम्झौता भएको थियो ।

विद्युत्गृह निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ‘जेजियाङ जिल्लुन’ र  सिभिलतर्फको काम पाएको कम्पनी सिनो हाइड्रोको ढिलासुस्तीको कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको आयोजना प्रमुख मिश्रले बताए ।

छैटौं पटकसम्म म्याद थप हुँदा एक अर्ब ४७ करोड रुपैयाँमा सक्ने गरी सुरु गरिएको आयोजनाको लागत करिब चार अर्ब ६५ करोड पुगेको आयोजनाले जानएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.