बबिता चेपाङको पढ्ने रहर

बबिता चेपाङको पढ्ने रहर

गोरखा : गोरखाको गण्डकी गाउँपालिका–६ वनटारकी बबिता चेपाङ तोमनडाँडा आधारभूत विद्यालयमा कक्षा चारमा पढ्छिन्। फागुनदेखी १२ वर्ष लागेकी उनका साथीसंगी र दिदीभाइ पढाइ छाडे पनि उनलाई पढ्ने रहर छ। आमाबुवाले एकबर्ष मेलापात हिँडाए पनि उनमा पढ्ने मोह घटेन। बबिताको रोल नम्बर एक हो। ‘गतवर्षभर आमाबुवासँग मेलापात हिड्नु परेकाले पढ्न पाइनँ’, चिनजान नभएकासँग धेरै बोल्ने बानी नभएकी बबिताले भनिन्, ‘म कुनै पनि कक्षामा फेल भएको छैन।’

कक्षा तीनबाट पहिलो भएर बबिता कक्षा चारमा पुगेको स्थानीय कमल चेपाङले बताए। बबिताका तीनजना दिदी छन्। तीनैजना पढ्दैनन्। एउटा भाइ छ उनले पनि पढ्न छाडेका छन्। ‘एउटा दिदीको बिहे भइसक्यो। अर्की दिदी मनकामना बजारमा होटेलमा काम गर्छिन्’, बबिताले भनिन्। अरुले जे गरे पनि आफूले पढ्ने उनको भनाइ छ। ‘कापी कलम सकिएको बेला ल्याइदिनुस् भन्यो भने आमाबुवाले एक दुई दिन पख भन्नुहुन्छ’, उनले भनिन्। तर साथीहरुको सहयोगले काम चलाउने गरेको बबिताको भनाइ छ। उनका आमाबुवा दैनिकजसो साहुको काममा जाने गर्छन्। उनीहरु काममा जहाँ जान्छन्, त्यहिँ खान्छन् र साँझमा फर्कन्छन्।

घरमा पनि अधिकांश समय रक्सीको मातमा लर्खराउने र झगडा गरीरहने स्थानीयको भनाइ छ छ। ‘पकाउने कुरा भए पकाएर खाएर बबिता स्कुल जान्छे, नभए भोकै बस्छे। कहिले छरछिमेकले जे दियो त्यही खाएर जान्छे’, स्थानीय कमल चेपाङले भने, ‘घरमा खानेकुराको भर हुन्न। त्यही भएर सानो भाइको पनि घरमा बास हुँदैन।’ बबिताका आमाबुवा अरुकैमा खाने भएकाले लगभग सातामा एक पटकमात्रै घरमा खाना खाने उनको बताए। ‘आमाबुवाकै अवस्था यस्तो छ छोरीलाई कसले पकाइतुल्याइ खुवाएर स्कुल पठाउने ? ’, उनले भने, ‘त्यही भएर बबिताका दिदीभाई कसैले पढेनन्।’

दुखले पढे पनि बबिताको पढाइ राम्रो छ। उनी कक्षामा पहिलो छिन्। सन्तान धेरै जन्माउने तर छोराछोरीलाई पढ्ने वातावरण नबनाएकाले चेपाङ समुदायका अधिकांश बालबच्चाको अवस्था नाजुक छ। बबिताका बुबा इन्द्रबहादुर बाह्रै महिना छोराछोरीको पेट पाल्न काम गर्छन्। उनीसँग सम्पत्तिको नाममा जनता आवास कार्यक्रम अन्तर्गत सरकारले बनाइदिएको एउटा घर मात्र छ। खेती नभएकाले घरमा अन्नपात केही हुँदैन। सागसब्जी लगाउने बारी पनि छैन।

विद्यालयका प्रधानाध्यापक कुलबहादुर चेपाङले बबिताको पढाइको प्रशंशा गरे। ‘बुबाआमाले संधै मेलापातमा पठाउने गरे पनि बबिता तीन कक्षाबाट प्रथम भएर चारमा गएकी छन्’, उनले भने, ‘घरमा खानेकुरा र कापी कलम पुर्‍याइदिने हो भने बबिताले राम्रो प्रगति गर्न सक्छिन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.