ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

विराटनगर : प्रदेश-१ को धनकुटा र झापा जिल्लामा शनिबार राति ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। प्रदेश-१ प्रहरी कार्यालय विराटनगरका अनुसार धनकुटाको चौबिसे गाउँपालिका-३ कन्यापोखरीमा भेडेटारबाट राजारानीतर्फ जाँदै गरेको को १ त ५७६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक चौबिसे-३ का ३० वर्षीय मोहनसिंह तामाङको मृत्यु भएको हो।

शनिबार राति साढे ११ बजे भेडेटार-राजारानी सडकखण्डमा गुडिरहेको ट्याक्टर आफै अनियन्त्रित भएर सडकबाट लगभग एक हजार दुई सय मिटर तल खस्दा दुर्घटना प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा आइतबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। 

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-५ पाडाजुँगीमा भएको मोटरसाइकल दुर्घटनामा परेर शिवसताक्षी नगरपालिका-८ डुडाँमारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प २९८८ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखिएको बा १३ च ७५२७ नम्बरको कारमा ठोक्‍किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय कुमार गिरी र मोटरसाइकलको पछाडि सवार २९ वर्षीय महेन्द्र भट्टराई गम्भीर घाइते भएका थिए। 

घाइते दुबैजनालाई उपचारका लागि दमकको लाइफलाइन अस्पतालमा पठाइएकोमा भट्टराईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.