प्रचण्ड भन्छन् : कास्की २ को नेतृत्व लिन विद्या भट्टराई सक्षम

प्रचण्ड भन्छन् : कास्की २ को नेतृत्व लिन विद्या भट्टराई सक्षम

पोखरा  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की क्षेत्र नम्बर २ मा स्वर्गी रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाउने संकेत गरेका छन्। 

पोखरामा सोमबार प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पार्टीमा औपचारिक छलफल भइनसकेको पनि पार्टीको स्थानीय संगठन र सबै सरोकारवालाको समन्वयमा उपयुक्त निर्णले लिइने बताए ।

सञ्चारमाध्यमले पार्टीका नेता वामदेव गौतमको नाम चर्चामा ल्याए पनि रवीन्द्रकै परिवारबाट उम्मेदवार उठाउन सकिने बताएका हुन् । 'कास्की २ मा उपनिर्वाचनबारे पार्टीमा औपचारिकरुपमा कुरा भइसकेको छैन', पत्रकार सम्मेलनमा उनले भने, 'सञ्चारमाध्यममा वामदेवजीको सन्दर्भ पनि आएको सुनेँ । उहाँले आफू नउठ्ने भनेर सबैलाई स्पष्ट पारिसक्नु भएको छ, वामदेवजीबारे पार्टीमा कुनै चर्चा चलेको छैन ।' 

प्रचण्डले रवीन्द्रको परिवार पनि राजनीतिक भएकोले त्यहीँबाटै उम्मेदवार उठाउन सकिने बताए । 'कास्की जिल्लाका साथीहरुले पनि उचित उम्मेदवारको नाम सिफारिस गर्नुहोला । परिवारको सदस्यबाटै जाँदा उपयुक्त हुन सक्छ', दाहालले भने, 'उहाँको परिवार पनि राजनीतिक पृष्ठभूमिको हो । नेतृत्व गर्न सक्ने उहाँकै जीवनसंगिनी पनि हुनुहुन्छ, विद्याजी । यी सबै कुरा विचार गरेर पार्टीले उपयुक्त निर्णय लिनेछ ।'

विप्लवले पार लाउँदैनन् 

अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा २०५२ सालको जस्तो क्रान्ति अव सम्भव नभएको जिकिर गरे । उनले संघीय गणतान्त्रलाई संस्थागत गरी कम्युनिष्ट आन्दोलनलाई ऊर्जा दिन सबै समूहलाई मूलधारमा आउन अनुरोध गरेका छन् ।

०५२ सालको जस्तो जनयुद्धको नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन अब कठिन भएको उनले बताए । दाहालले विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भन्दै त्यसले गन्तब्यमा पुग्न नसकिने बताए ।

आफुहरुले २५ वर्ष पहिले गरे जस्तै जनयुद्धको नक्कल गरे काम गर्दा कुनै पार नलाग्ने बताए । ‘मैले उहाँहरुलाई राम्रो सगँ चिन्छु,’ दाहालले भने ‘नेत्रविक्रम चन्द्र लामो समय सम्म मसँगै सचिव भएर काम गरेका हुन्, २०५२ सालमा गरे जस्तै नक्कल गरे पार लाग्दैन ।’ उनले त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै परिर्वतन आएको बताए ।

प्रचण्डले गरेको जस्तै नक्कल गरेर अहिलेको अवस्थमा म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुने उनले बताए । 'त्यो इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलाई अगाडी ल्याउने गर्छ', उनले भने, 'मेरो साथीहरुलाई त्यसो गर्न छोडेर अहिलेको संघीय गणत्रन्त्रको अवसरलाई उपयोग गर्नुहोस् ।’

सिकेसँगको सम्झौतामा शंका नगर्नू

सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै कुनै शंका नगर्न उनले आग्रह गरे । सबै राजनीतिक शक्तिलाई समेटेर मूलधारमा ल्याउनु विल्कुल जायज रहेको उनले बताए । सञ्चारमाध्यममा आए जस्तो नरहेको बताउँदै पाटी र सरकारसँग छलफल चलाएरै सम्झैता अघि बढेको पनि उनले बताए ।

जेलबाट छुटेर मधेसतिर जाँदा हिजो (आइतवार) जनकपुरमा सिके राउतको स्वागतका नाममा केही गतिविधिले प्रश्न जन्माएको पनि उनले बताए । 'मैले त्यसबारेमा प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु', उनले भने, 'आफ्नो समूहलाई सहमति बुझाउने समय नहुँदा यस्तो भएको हो । संविधानको मर्मअनुसार सबैलाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ । सहमतिवपरित गतिविधि भयो भने के गर्ने भन्नेमा सरकार तयार छ ।'
 
भाषा द्विअर्थी भए कि भन्ने कुरोबारे कुनै शंका नगर्न पनि उनले अपिल गरे । 'जनमत संग्रहबारे पनि प्रश्न उठेको छ। संसदको दुईतिहाइ बहुमतले निर्णय गर्नुपर्छ', दाहालले भने 'सरकाले चहाँदैमा पनि हुँदैन । जनमत स‌ंग्रह कहीँ कतै होइन, आशंका गरिरहनुपर्ने कुरा छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सिके राउतसँग दाँजेकोमा प्रचण्डले नभनेको भए पनि हुन्थ्यो भन्ने प्रतिक्रिया दिए । 

पार्टी एकता

अध्यक्ष दाहालले पार्टी एकताले अब चाँडै मूर्तरुप पाउने पनि प्रष्ट पारे । उनले कुनै ठुलो समस्या कारण पार्टी एकता नरोकिएको पनि दाबी गरे । 'केही दिनभित्रमा टुंग्याउने तर्फ हामी जाँदैछौँ', उनले भने, 'माथि ठुलो समस्या भएर रोकिएको होइन पार्टी एकता, हामी निचोडमा पुगिसकेका छौँ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.