प्रदेश ३ स्तरीय छनोट खेलमा काठमाडौंलाई कारबाही

प्रदेश ३ स्तरीय छनोट खेलमा काठमाडौंलाई कारबाही

नुवाकोट : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश ३ स्तरीय फुटबल छनोट प्रतियोगितामा काठमाडौं कारबाहीमा परेको छ। गैह्र जिल्लाको खेलाडिलाई समावेश गराएको उजुरीपछि काठमाडौं समूह कारवाहीमा परेको हो।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सन्चालित छनोट प्रतियोगिता अन्तर्गत सोमवार भएको पहिलो सेमिफाइनल खेलमा पाँच जना खेलाडीहरू गैह्र जिल्लाको भएको प्रमाणित भएपछि काठमाडौं कारवाहीमा परेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका सदस्य उद्धव पनेरुले बताए। उनका अनुसार पहिलो सेमिफाइनलमा मकवानपुरसँग प्रतिस्पर्धा गरेको काठमाडौंले निर्धारित ७० मिनेटको खेल अवधिमा शून्यका विरुद्ध तीन गोल गरेको थियो।

खेल हारेपछि मकवानपुरका खेलाडिले काठमाडौं विरुद्ध उजुरी गरेपछि पाँच जना गैह्र जिल्लाका खेलाडिले खेलेको प्रमाणित भएपछि काठमाडौंलाई कारवाही गरी नियमअनुसार मकवानपुरलाई विजेता घोषणा गरिएको पनेरुले बताए। दोश्रो सेमिफाइनल खेलमा घरेलु टिम नुवाकोटले ललीतपुरलाई ट्राइबेकरमा पराजित गरी आफ्नो सेमिफाइनल यात्रा तय गरेको हो।

खेलको निर्धारित अवधिमा नुवाकोटका सन्तोष थापा र ललितपुरका कुशल श्रेष्ठले एक/एक गोल गरेर खेल बराबरीमा भएपछि ट्राइबेकरमा खेलको परिणाम लिनु परेको थियो। नुवाकोटले ट्राइवेकरमा ७–६ले ललितपुरलाई पराजित गरेको हो।

नुवाकोट र मकवानपुरवीच मंगलवार मध्यान्ह १ बजे फाइनल खेल हुने आयोजकले जनाएको छ आइतबारको पहिलो खेलमा ललितपुरले कुशल श्रेष्ठको निर्णायक गोलमा भक्तपुरलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो।

दोश्रो खेलमा मकवानपुरले चितवनलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेको हो। मकवानपुरलाई विजयी गराउन इरोज थापामगर, रवि भण्डारी र ऋषिराम मोक्तानले एक/एक गोल गरे।

घरेलु समूह नुवाकोट र सिन्धुलीबीचको तेश्रो खेलमा नुवाकोटले घरेलु मैदानका फाइदा उठाउँदै शुन्यका विरुद्ध तीन गोलले पराजित गरेर आफ्नो सेमिफाइनल यात्रा तय गरेको छ। खेलमा नुवाकोटका लागि सन्तोष थापा, रामकाजी कुमाल र विकास थापाले एक/एक गोल गरे।

प्रदेशस्तरीय फुटबल प्रतियोगिता नुवाकोटमा शुक्रवारदेखि सुरु भएको हो। प्रतियोगितामा नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, चितवन, दोलखा, मकवानपुर, रामेछाप, ललितपुर, भक्तपुर, धादिङ र सिन्धुलीका खेलाडिहरू सहभागी रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.