डोल्पामा विप्लवका २ कार्यकर्ता पक्राउ

डोल्पामा विप्लवका २ कार्यकर्ता पक्राउ

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चापम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–१ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडा रहेका छन्। राज्यसत्ता विरुद्द पर्चा टाँसिरहेको र चन्दा समेत असुली गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रकाउ पर्नेहरुले आफूहरुलाई नेकपा विप्लवको कार्यकर्ता नभएको बताए पनि झोला खान तलासी गर्दा एक थान चन्दा ठेली पर्चा पम्पलेट फेला परेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले बताए।

पक्राउ परेका दुवैजनालाई  सार्वजनिक शान्ती विरुद्धको मुद्धा लगाइ जिल्ला प्रशासनबाट म्यद थप गरी अनुसन्धानमा राखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले जानकारी दिए।

त्रिपूराकोट बजारमा शान्ती विरुद्धका काम कारवाही गरी रहेको अबस्थामा पक्राउ गरिएको र छानविनको लागि २० देखि २२ दिनसम्म हिरासतमा राखिने प्रहरी निरिक्षक जिपराज थापाले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.