सरकार भ्रष्टाचारमा लिप्त छ : गगन थापा

सरकार भ्रष्टाचारमा लिप्त छ : गगन थापा

सन्धिखर्क : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार आर्थिक क्रान्तिमा भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको बताए। उनले उद्योगधन्दा र कलकारखाना खोलेर आर्थिक क्रान्ति नहुने बताउँदै देशमा आर्थिक संकट आउन थालेको बताए। 

नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गरेको विशाल जनसभा तथा राशिक शहिद स्मृति प्रतिष्ठानको उद्धाटन समारोहलाई सम्बोधन गर्दै सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताए। 

देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको उनले बताए। उनले प्रधानमन्त्रीमा जिम्मेवारीबोध नभएको बताउँदै निर्मला पन्तका हत्यारालाई कारबाही गर्न सरकार गम्भीर नरहेको बताए। पटक पटक भ्रष्टाचार गर्दिनँ भनेर प्रधानमन्त्रीले भने पनि वाइडबडीका बारेमा , बुढीगण्डकीको बारेमा सरकार चुप रहेको उनले भने।

दुईतिहाइ बहुमतको सरकारले राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नलागेको बताउँदै कांग्रेस आफू हारेर पनि देसलाई र प्राप्त उपलब्धीलाई जोगाएको बताए। उनले छत्रदेव गाँउपालिकाले गरेको काम सन्तोषजनक रहेको बताए। सबै नेपाली कांग्रेसका जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने गरी काम गर्न सबैलाई आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.