बसले किचेर एक युवकको मृत्यु
मलङ्वा : भारतको सीतामढी जिल्ला मोहनपुरबाट मलङ्वा नगरपालिका १ भेडहियामा जन्ती आएका एक युवकको बसले किचेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोहनपुरका अन्दाजी २३ वर्षका अमरनाथकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए। जन्ति बोकेर आएको बी आर ३० पी ३०२७ नम्बरको बसले किच्दा रायको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बिहान ३ बजेतिर भएकाले चालक फरार भएका छन् । बस प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस !