गाउँमै पुगेर नागरिकता वितरण

गाउँमै पुगेर नागरिकता वितरण

जाजरकोट : जिल्ला प्रशासन कार्यालय जाजरकोटले दुर्गम क्षेत्रका गाउँमै पुगेर नागरिकता वितरण गरेको छ। एक हप्ते घुम्तीशिविर आयोजना गरी बारेकोट क्षेत्रका गाउँमै पुगेर नागरिकतालगायत अन्य परिचयपत्र वितण गरेको हो।

शिविरमार्फत बारेकोट–४ करुकाकी तीनदिने सुत्केरी देविका बस्नेत (थापा)ले नागरिकता प्राप्त गरेकी छन्। यस्तै शिविरबाटै ७२ वर्षीया धनसरी सिंहले पनि गाउँमै पहिलो पटक नागरिकता पाएकी छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले उनीहरूलाई नागरिकता दिएका हुन्। डिजिटल प्रविधिबाट शिविरमा पहिलो पटक नागरिकता वितरण गरिएको खतिवडाले जानकारी दिए। नागरिकता नभएकै कारण वृद्ध भत्ताबाट वञ्चित धनसरीले भनिन्, ‘ अब सरकारले दिएको भत्ता पाउने भएँ।’ उनले नागरिकता टोलीलाई धन्यवादसमेत दिइन्।

त्यस्तै, बारेकोट–४ जिरीकी ६९ वर्षीया अविवाहित महिला पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाएकी छन्। माइतीमै एकल जीवन बिताउँदै आएकी उनले समयमा नागरिकता नबनाउँदा सामाजिक सुरक्षा भत्तासमेत पाउनबाट वञ्चित हुनुपरेको गुनासो गरिन्।

दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपांगता परिचय पत्र वितरण, घरेलु उद्योग दर्तालगायत सेवा प्रवाह भइरहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। शिविर एक सातासम्म सञ्चालन हुनेछ। पहिलो दिन मात्र एक सय ५० जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएको अध्यक्ष शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.