दाउफिन्स माई भ्याली गोल्डकपको सेमिफाइनलमा

दाउफिन्स माई भ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम : क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौं संस्करणको अन्तर्राष्ट्रिय माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोलले हराउँदै दाउफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

सुरुआतदेखि नै दबदबा कायम राखेको दाउफिन्सले खेलको १४औं मिनेटमा अग्रता लिएको थियो। दाउफिन्सका मेजोक्भकेले हेडमार्फत गोल गर्दै खाता खोलेका थिए। त्यसको ६ मिनेटपछि दाउफिन्सले अग्रता दोब्बर बनायो। २०औं मिनेटमा मेजोक्भकेको पासलाई सदुपयोग गर्दै पेटङ्गाले टोलीका लागि दोस्रो गोल गरे। सुरुआतमै दुई गोलले पछि परेको एपीएफले ३६औं मिनेटमा गोल फर्काउन सफल भयो।

पहिलो हाफमा २–१ को अग्रता लिएको दाउफिन्सले दोस्रो हाफमा समेत खेललाई पक्कडमा राख्न सफल भयो। इलामे दर्शकको समर्थन पाएको दाउफिन्सले ६२औं मिनेटमा गोल गर्दै खेल ३–१ को अवस्थामा पु¥याएको थियो। कर्नरको अवसरलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले हेडमार्फत गोल गरेका थिए।

खेलपछि एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले विपक्षी खेलाडी शारीरिक रूपमा बलियो भएकाले पराजय भोग्नु परेको बताए। एपीएफ यसअघि पनि तिलोत्तमा र बूढासुब्बा गोल्डकपमा दाउफिन्ससँग पराजित भएको थियो।

दाउफिन्सका टिम म्योजर आशिक थापामगरले खेल बराबरी भए पनि भाग्यका कारण जित सम्भव भएको बताए। दाउफिन्सले पाएका चार अवसरमध्ये तीन अवसर सदुपयोग गरेको थियो। अहिलेसम्म आठ गोल्डकपमा सहभागी दाउफिन्सले तीन वटा गोल्डकप जितिसकेको छ। एपीएफले गोल गर्ने ६ वटा अवसर पाउँदा एउटा मात्र सदुपयोग गरेको थियो।

खेलको म्यान अफ दी म्याच दाउफिन्सका पेटांगा घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

शुक्रबार अन्तिम क्वार्टरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय झापा भिड्नेछन्।

चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीको सहभागिता छ  । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले सात लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.