लोकस्टारले ततायो पोखरा

लोकस्टारले ततायो पोखरा

पोखरा : गेटमा भीडभाड थियो। कतिखेर भित्र पस्न पाइन्छ भनेर आँखा तन्काइरहेकाहरूका ओठ चलिरहेका थिए। कोही गुन्गुनाउँदै थिए– गोरखा मनकामना, झ्याप्पै माया लाइहालौं भने नि ठीक छैन जमाना। गेट खुलेपछि सबैभित्र पसे।

पोखरा सिमलचौरको जनप्रिय माविमा शनिबार जम्मा भएको त्यो भीड विद्यार्थीको थिएन। छुट्टीका दिन स्कुलको आँगनमा देशका कुनाकुनाबाट आइपुगेकाको भीड थियो। जुम्लाका रामबहादुर रोकाया नेपालगन्जका साथी कमल गुरुङले एक कल फोन गर्ने बित्तिकै बस चढेर शनिबार बिहानै पोखरामा टुपुल्किए। बागलुङ बुर्तिबाङका होमबहादुर सिर्पाली एक्लै आइपुगे। कञ्चनपुरका नीर विक पनि पोखरामा भेटिए।

देशैभरका लोकगीत पारखीलाई नेपाल लोकस्टारले तताएको छ। चाहना मिडियाको प्रस्तुतिमा एपीवान टेलिभिजनबाट निर्माण र प्रसारण हुने गायन रियालिटी सोको पोखरा अडिसन शनिबार पोखरामा थियो। छनोट भएकाले काठमाडौं गएर प्रतिस्पर्धा गर्न पाउने थिए। यसै पनि काठमाडौं जाने योजना थियो पोखरा भण्डारढिककी रूपा सुनारको। दाइ कमल बहिनीको चाहनाअनुसार गीत रेकर्डिङ गर्न काठमाडौं जान राजी थिए। फेसबुक र एफएमबाट नेपाल लोकस्टारको सूचना पाएपछि शनिबार उनी दाइसँगै पोखरा आइपुगिन्।

सुगम संगीतमा रस बसालेका सुमन सुनारकी जीवनसाथी मातृका लोकसंगीत रुचाउँछिन्। मातृकाको धोको पूरा गर्न सुमन पनि जनप्रिय स्कुलको प्रांगणमा शनिबार हाजिर थिए। भर्खरै १० वर्ष कटेकादेखि उमेरले आधा शतक पूरा गरेकाहरूले शनिबार अडिसनमा भाग लिए। गीतसंगीतमा पोखराबाटै ख्याति कमाएका पार्वती जीसी, तारापति सुवेदी, जीवन दाहाल, नवराज बरालका कानले नवप्रतिभाहरूको स्वर र भाकामा कसी लगायो।

झन्डै ५० जना काठमाडौंका लागि छनोट भए। यसअघि यस्तो अडिसन सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णालीको सुर्खेत र ५ नम्बरको बुटवल पनि भइसकेको छ। काठमाडौं, इटहरी र जनकपुरमा हुन बाँकी छ। एपीवान टीभीका प्रोजेक्ट प्रमुख तथा निर्देशक सुरेश पौडेल भन्छन्, ‘धनगढी, सुर्खेत र बुटवलबाट पनि ४० देखि ५० को संख्याका प्रतिभा काठमाडौंका लागि छानिएका छन्।

नेपाल लोकस्टार अहिलेसम्मकै सबैभन्दा स्तरीय र ठूलो प्रतियोगिता हो।’ प्रतियोगितामा प्रथम हुनेलाई ५० लाख, द्वितीय हुनेलाई २५ लाख र तृतीय हुनेलाई १० लाख रुपैयाँ पुरस्कार दिइनेछ। एपीवान टेलिभिजनबाट ३० वटा शृंखलामा नेपाल लोकस्टार प्रसारण हुने र ३१औं शृंखलामा फाइनल हुनेछ। प्रतियोगितामा बीबी अनुरागी, सुनिता दुलाल, जयनन्द लामा, रामजी खाँण निर्णायक छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.