विराटनगरमा प्रधानमन्त्रीले गरे तरकारी बजारको उद्‍घाटन

विराटनगरमा प्रधानमन्त्रीले गरे तरकारी बजारको उद्‍घाटन

विराटनगर : प्रदेश-१ को अस्थाई राजधानी विराटनगरका उपभोक्तालाई लक्षित गरी निर्माण भएको आधुनिक फलफूल तथा तरकारी थोक बजारको निर्माण सम्पन्न भएको छ। 

मोरङको कटहरी गाउँपालिका-१ स्थित सिगीया खोलाको किनारमा निर्माण भएको सो थोक बजारको आइतबार संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‍घाटन गरे।

५ बिगाहा २ धुर क्षेत्रफलमा निर्माण गरिएको कटहरी गाउँपालिका-१ स्थित जमटोकीको थोक बजार निर्माणमा १५ करोड ४९ लाख रुपैयाँ खर्च भएको र यो रकम विश्व बैंकबाट प्राप्त भएको कषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।

थोक बजारको प्रधानमन्त्री केपी शर्मा ओलीलेले उद्घाटन गर्दै प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई बजारको साँचो हस्तान्तरण गरे। बजार निर्माण काम सात महिनाअघि नै पुरा भएको थियो। तर हस्तान्तरणका लागि प्रधानमन्त्रीको समय अनुकुल नमिलेपछि आइतबार मात्र हस्तान्त्रण भएको हो।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको तत्कालिन व्यवसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा निर्माण गरिएको हो।

अव्यवस्थित रुपमा संचालनमा रहेको तरकारी बजारलाई व्यस्थित बनाउन एकीकृत तरकारी तथा फलफूल बजार निर्माणले सहयोग पुर्‍याउने विश्वास लिएको छ। 

 बजारमा प्रदेश नम्बर- १ कै पहिलो स्मार्ट तरकारी तथा फलफूल बजार अन्तराष्ट्रिय मापदण्ड अनुसार भएको बताइएको छ ।बजारको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले कृषिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।

मुलुक कृषि प्रधान भनिए पनि कृषिको  राष्ट्रिय आय योग्दान न्युन भएको बताए। उनले उर्भर भूमि रहेपनि उत्पादन बढाउन नसकेकाले कृषिले राष्ट्रिय आयमा सहयोग पुर्‍याउन नसकेको बताउँदै भने, 'प्रविधिको प्रयोगले आधुनिक हिसाबले उत्पादन बढाउनुको विकल्प छैन्।'

बजारको साँचो  देश- १का मुख्यमन्त्रीलाई हस्तान्तरण गर्दै  प्रधानमन्त्री ओली ।

उत्पादन बढाएर प्लेनमा तरकारी र फलफूल विदेश पठाएर त्यही प्लेनमा डलर ल्याउनुपर्ने उनले बताए।उनले नेपालको जनता कृषिमा अधारित भएपनि कृषिमा उत्पादन सन्तोसजनक भएकाले कृषि प्रधान नाम मात्रको भएको बताए।'मुलुक हरेक दिन विकास र समृद्धिको बाटो हिँड्न तिव्र रुपमा पाइला बढाइरहेको बताउँदै मुलुकको चाँडै आर्थिक उन्नतिमा कायापलट  गर्ने बताए।

सरकारले कृषकलाई उत्पादन बढाउन जुनसुकै सहयोग गर्ने तयार रहेकाले व्यवसायिक कृषि गरेर उत्पादन बढाउन आग्रह समेत गरे। सरकारले प्राविधिक,उपकरण र समर्थन मुल्य तोक्नुको साथै थोकमा बिक्री गर्ने बजारको व्यवस्थापन गर्ने तयार रहेको उनको कथन रहेको थियो।  

सो अवसरमा प्रदेश-१का मुख्यमन्त्री शेरधर राईले प्रदेश सरकारलाई बजारको स्वामित्व आएकाले चाँडैनै कार्यविधि  र निर्देशिका बनाएर बजारको व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए। उनले बजारको निर्माणसँगै प्रदेश-१मा कृषिको समस्याको रुपमा रहेको बिक्री नहुने तरकारी र फलफूलको समस्या हटेर जाने बताए। 

बजारमा आधुनिक तरकारी तथा फलफूल बजारमा क्यान्टीन,क्लीनिक, बैंक,किसानलाई आराम कक्ष, प्रशासनिक भवन,शौचालय, पार्किङलगायतका पूर्वाधारहरू रहेको छ । बजारमा थोक बिक्री कक्ष ३८, कृषक बिक्री सेड १, खुद्रा स्टल एक, ३० वटा स्टल कम्तिमा, प्रशासकीय भवन एक, बैंक शाखा, चमेना गृह, सार्वजनिक शौचालय, मेनजेर आवास, कृषक अतिथि गृह, गार्ड आवास, फोहोर संकलन केन्द्र, लोडिङ अनलोडिङ क्षेत्र, डिप ट्युबेल, पानी प्रशोधन केन्द्र तथा पार्किङ क्षेत्रको सुविधा छ।  

बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने व्यवस्था गरिएको छ।किसानका लागि १ सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ।  बजार निगरानीका लागि सीसी क्यामेरा समेत जडान गरिने छ।

४४ हजार  ९ सय ६६ मेट्रिकटन तरकारी र  ८ हजार ७ सय ३ मेट्रिकटन फलफूल बिक्री गर्न सकिने बजारको क्षमता रहेको छ।बजार निर्माणसगै  पुर्वका मोरङ, सुनसरी , धनकुटा, झापा जिल्ला सहित प्रदेश १का सप्तरी र सिरहाका तरकारी किसानलाई सहज हुने  बताइएको छ।हाल विराटनगरको गुद्रीमा रहेको अव्यवस्थित थोक तथा खुद्रा तरकारी बजारका कारण  फोहोर र भीडले  शहर अस्त व्यस्त बन्नुको साथै ट्राफिक व्यवस्थानमा समेत कठिनाई हुँदै आएको छ।

कटहरी २ स्थित रहेको जनप्रिय माविको ४ विगहा २ धुर र त्यहा रहेको ऐलानी जग्गामा निर्माण भएको सो बजार   विद्यालयसँग ५० वर्षका लागि सम्झौता गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.