मुख्यमन्त्री कप : सुदूरपश्चिम च्याम्पियन

मुख्यमन्त्री कप : सुदूरपश्चिम च्याम्पियन

धनगढी : मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको उपाधि आयोजक सुदूरपश्चिम प्रदेशले जितेको छ। तीन स्वर्ण, एक रजत र तीन जित्दै सुदूरपश्चिमले पहिलो स्थान हासिल गरेको हो।

यसैगरी दोस्रो भएको प्रदेश १ ले एक स्वर्ण दुई रजत र तीन कांस्य जित्यो। प्रदेश ५ ले पनि एक स्वर्ण दुई रजत जित्दै तेस्रो स्थान हात पार्‍यो। प्रथम भएको सुदूरपश्चिमले नगद १५ लाख रुपैयाँ प्राप्त गर्‍यो। यस्तै दोस्रो भएको प्रदेश १ ले आठ लाख र तेस्रो भएको प्रदेश ५ ले पाँच लाख रुपैयाँ प्राप्त गरे।

प्रदेश २ र प्रदेश ३ एक स्वर्ण एक रजत पदक जित्दै संयुक्त रुपमा चौथो भए। गण्डकी प्रदेशले तीन रजतसहित पाँचौ हुँदा कर्णाली एक रजतसहित छैटौं भयो।

आइतबार भएको पुरुष फुटबलमा प्रदेश १ लाई ३–१ गोलले हराउँदै सुदूरपश्चिमले स्वर्ण जित्यो। यस्तै प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै कांस्य पदक पायो।

महिला क्रिकेटमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले स्वर्ण जित्यो। पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण जित्यो। प्रदेश १ ले सुदूरपश्चिमलाई हराउँदै कांस्य पदक प्राप्त गर्‍यो।

महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्यो। प्रदेश ३ ले गण्डकी प्रदेशलाई पराजित गर्‍यो। पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्ने क्रममा गण्डकी प्रदेशलाई पराजित गर्‍यो। ब्याडमिन्टनको यू–१९ पुरुषमा सुदूरपश्चिमका देवराज रानाले स्वर्ण जिते। प्रदेश १ का प्रनिष ठकुरीले रजत तथा सुदूरपश्चिमका अमृत चौधरी र योगेश खड्काले कांस्य पदक पाए। महिलातर्फ प्रदेश १ की नीता लम्सालले स्वर्ण जित्ने क्रममा सुदूरपश्चिमकी निलिमा महरालाई पराजित गरिन्। सुदूरपश्चिमकी विष्णा विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले कास्य जिते। यू–१७ पुरुषतर्फ जेवी सावद पहिलो, रोशन सावद दोस्रो र प्रदेश १ का पेम्बा शेर्पा र सुदूरपश्चिमका प्रियान्सु खत्री तेस्रो भए। महिलातर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, अन्जना राई दोस्रो, प्रदेश ५ की कृष्णा वज्राचार्य र सुदूरकी एलिसा तिरुवा तेस्रो भइन्।

सुदुरपश्चिम सरकारको आयोजनामा फागुन २९ गतेदेखि सुरु भएको प्रतियोगितामा सात वटै प्रदेशका साढे ६ सय खेलाडीको सहभागिता रहेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.