दुई महिनापछि खुल्यो नाग्म-गमगढी सडक

दुई महिनापछि खुल्यो नाग्म-गमगढी सडक

जुम्ला : लामो समयदेखि अवरुद्ध कर्णाली राजमार्गको नाग्म-गमगढी सडकखण्ड सुचारु भएको छ। वर्षा र हिमपातका कारण पुस अन्तिमदेखि अवरुद्ध सडक चैतको पहिलो साता खुलेको हो। 

सडक डिभिजन कार्यालय जुम्लाले डोज लगाएर हिउँ पछ्याएपछि शनिबार रातिबाट सडक खुलेको हो। दुई महिनापछि सडक संचालनमा भएपछि मुगु र जुम्लाबासी सँगै रारा आउजाउ गर्ने पर्यटकलाई सहज भएको छ। 

जुम्ला कनकासुन्दरी गाउँपालिकामा करिब ६ किलोमिटर सडकखण्डमा तीन फिट बढी हिउँ जमेपछि बाटो अवरुद्ध भएको थियो।  सडकको हिउँ पन्छाउने काम सकिएपछि नाग्म-गमगढी यातायात सेवा सञ्चालन भएको व्यवसायी महेन्द्र बुढाले जानकारी दिए। 

उनका अनुसार अवरुद्ध सडक खुलेपछि रारा घुम्न गएका पर्यटकहरु फर्किन थालेका छन्। यसअघि सयौँ आन्तरिक तथा बाह्य पर्यटक राराका होटलमै थन्किएका थिए। कतिपय भने जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य थिए। 

इन्जिनियर श्रवणकुमार महताराका अनुसार हिउँ पन्छाएपछि पनि सडक सञ्चालमा कठिनाइ भएको छ। ‘ठाउँ ठाउँको हिलो र अत्यधिक हिउँ पन्छाएर सडक सञ्चालन गर्न कठिन भएको छ’, उनले भने, ‘सवारी गुड्न थालेपनि सडक स्तोरन्नतीको काम भने जारी छ।’ 

साना गाडी संचालनमा आए पनि हिलो र चिप्लो सडकका कारण नेपालगंज, सुर्खेतलगायत जिल्लाबाट खाद्यन्न लिएर मुगु हिँडेका मालवहाक गाडी बाटोमै थन्किएका छन्। खाद्यन्न बोकेका गाडी बाटोमै थन्किदाँ मुगुमा खाद्यन्न अभाव सुरु भएको छ। 

   
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.