चालक कुटिएको भिडियो खिच्दा प्रहरीले निर्घात कुटे

चालक कुटिएको भिडियो खिच्दा प्रहरीले निर्घात कुटे

पाँचथर : फिदिमदेखि चाउचाउ बोकेर नांगिन गइरहेको पिकअपका चालकसहित तीनजनालाई प्रहरीले निर्घात कुटपिट गरेको छ। 

नागिन प्रहरी चौकीका हवल्दार टीका बस्नेतले कञ्चनजंघा इन्टरप्राइजेजको चाउचाउ बोकेर गइरहेको मे १ च ४५५७  नम्बरको गाडीका चालकसहित तीनजनालाई प्रहरी हवल्दार टीका बस्नेतले निर्घात कुटपिट गरेका हुन्। 

हवल्दार बस्नेतले गाडी चालक फिदिम ४ बस्ने भीमबहादुर विश्वकर्मा, सहचालक जीवन लावर र कुटपिटको भिडियो गरिरहेका दीपक फुयाललाई कुटपिट गरेका हुन्।

फिदिम फालोट सडकखण्ड अन्तर्गतको नांगिन खण्डमा पुगेपछि बस्नेत गाडी रोकेका थिए। चालक विश्वकर्माले सामान बोक्ने गाडी भएकाले ठाउँ नभएको भन्दै गाडी नरोकी गएपछि लाखेटेर आफू र सहचालकलाई कुटेको बताए।

‘उकालोमा गाडी रोक्न खोज्नुभयो,’ विश्वकर्माले भने, ‘ठाँउ छैन भनेर गाडी नरोकीमाथि पुगेपछि मोटरसाइकलमा आएका एक व्यक्तिले तपाईंलाई प्रहरीले पछ्याइरहेको छ भनेर सुनाए। मैले गाडी रोके। लगत्तै आएर एक्कासी भाटा लगाउनुभयो।’ 

चालक विश्वकर्मा र सहचालक लावरलाई प्रहरीले कुटपिट गरिरहेको देखेपछि आफ्नो मोवाइलनमा दीपक फुयालले कुटपिट गरिरहेको भिडियो खिचेका थिए। 

भिडियो खिच्ने फुयाललाई किन भिडियो खिचेको पत्रकार हो भनेर सोधेका थिए। आफू पत्रकार नभई सामान्य नागरिक भएको भनेपछि प्रहरी हवल्दारले फुयाललाई घुडा टेक्न लगाएर विप्लव समूहको कार्यकर्ता भन्दै तिग्रामा लाठी बजारेको फुयालले जानकारी दिए। 

‘विप्लवको कार्यकर्ता रहेछ गोली ठोक्छु भन्दै हवल्दारले मलाई पनि कुटे’, तिघ्राको निल डाम देखाउँदै फुयालले भने, ‘गाउँमा प्रहरीको दादागिरीले सर्वसाधारण मारमा छौँ।’

कुटपिटमा संलग्न हवल्दार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय फिदिम ल्याइएको छ। उनीमाथि छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। ‘घटनाको छानबिन भइरहेको छ,’ कुँवरले भने ‘दोषी ठहरिए हवल्दारलाई विभागीय कारबाही हुन्छ।’ 

हवल्दारको कुटाइबाट चालक विश्वकर्माको चाक र तिघ्रामा गरी पाँच ठाँउमा निल डाम देखिएको छ। सहचालक लावर र भिडियो खिच्ने फुयालको तिघ्रामा निलडाम छ। कञ्चनजंघा इन्टरप्राइजेजका प्रोपाइटर नवराज घिमिरेले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.