अवैद्य हतियार बुझाए कारवाही नहुने
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले तोकिएको मितिभित्र अवैद्य हातहतियार र खरखजना बुझाउनेलाई कारवाही नहुने जनाएको छ । अवैद्य हातहतियार र खरखजना बुझाउने सम्बन्धि सूचना सार्वजनिक गर्दै प्रशासनले ३५ दिनभित्र जिल्लाका जो सुकै व्यक्तिले आफूसँग भएका अवैद्य हतियार बुझाएमा हतियार राखेकै कारण कारवाही नहुने बताएको हो ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि यसरी अवैद्य अतियार बुझाउन सबैलाई आग्रह गरिएको हो । कानुन बमोजिम लिनुपर्ने इजाजत, नवीकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको अवैद्य हतियार समयमै बुझाउन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले अनुरोध गरिन् । यदि कसैले समयमै हतियार नबुझाएर पछि पत्ता लागेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने उनले बताइन् ।
हतियार तथा खरखजाना बुझाउन परेमा नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेना ब्यारेकमा जो सुकैले सम्पर्क गर्न सक्ने उनले बताइन्। 
प्रतिक्रिया दिनुहोस !