तराईमा आज होली, जनकपुरमा भोलि

तराईमा आज होली, जनकपुरमा भोलि

जनकपुरधाम : यस वर्षको होली जनकपुरधाममा शुक्रबार मनाइने भएको छ। पहाडमा बुधबार मनाइएको छ। तराईमा बिहीबार होली मनाइँदै छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भने शुक्रबार मनाइनेछ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुर क्षेत्रमा होरी (होली) मनाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले बताए। मिथिला परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा आएर समापन भएको छ। बिहीबार बिहानै जनकपुरको अन्तरगृह परिक्रमा सकिएपछि शुक्रबार जनकपुरमा होली मनाइने छ।

नेपाल र भारतको एक सय ३३ किलोमिटरको दुरी पैदल यात्रा गरेर माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त, गृहस्थ तथा श्रद्धालु जनकपुर आइपुगेका छन्। वैष्णवले भने, ‘बिहीबार माध्यमिक परिक्रमाले जनकपुरको अन्तगृह परिक्रमा गर्छ। त्यसपछि शुक्रबार जनकपुरमा फगुवा मनाइन्छ।’

होली पर्वमा सरकारले चैत ६ गते पहाडमा र तराईमा चैत ७ गते बिदा दिएको थियो। प्रदेश २ सरकारले प्रदेशभर होली मनाउन ७ र ८ गते बिदा दिएको छ। १५ दिवसीय मिथिला मध्यमा परिक्रमाअन्तर्गत महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रीले होली मनाएपछि मिथिलामा विधिवत् होली प्रारम्भ हुन्छ। कञ्चनवनमा त्रेता युगमा रामसीताले होली खेलेको विश्वास छ।

त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोह आयोजना गरिन्छ। परिक्रमाका यात्री विभिन्न धार्मिक स्थल परिक्रमा गरी फागु पूर्णिमाका दिन जनकपुर आइपुग्छन्। पूर्णिमाको बिहानै जनकपुरमा अन्तरगृह परिक्रमा गरिन्छ।

नेपाल–भारतको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्राको नेपालका धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ वि श्रामस्थल छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.