पाँचौं साफ महिला च्याम्पीयनसीप फुटबल : ट्रफी उचाल्ने पर्खाइमा नेपाली टोली

पाँचौं साफ महिला च्याम्पीयनसीप फुटबल : ट्रफी उचाल्ने पर्खाइमा नेपाली टोली

विराटनगरः नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले चैत्र ८ इतिहास बनाउने दिन भएको बताएका छन् । पाँचौं साफ महिला च्याम्पीयनसिपको फाइनलको पूर्वसन्धामा आयोजित पत्रकार सम्मेलनमा खड्काले चिरपरिचित बलियो प्रतिद्वन्दीलाई पाखा लगाएरै छाड्ने दावी गरे। 

उनले विराटनगरमा जारी पाँचौं साफका अघिल्ला ३ खेलबाट आफू विश्वस्त भएको भन्दै जीत सुनिश्चित भएको बताए। 'हामी ढुक्‍क छौं भोलि हाम्रो दिन हो' खड्काले भने, 'लामो अनुभव र मेहेनतबाट हामी विश्वस्त भएका छौं, की भोलि नेपाली महिला फुटबल टीमले इतिहास बनाउँछ।'

उनले आफ्नो टीमले जीत्नेमा आक्रमण रुपमा मैदान प्रवेश गर्ने रणनीति नै रहेको बताए। ' नेपाली महिला गोर्खाली तरीकाले प्रस्तुत हुनेछन्, हाम्रो फाइटिङ स्प्रिरिट नै बलियो पक्ष हुनेछ,' खड्काले भने।

मैदानमा कुनै प्रेसर नदिने हुँदा ढुक्‍क भएर आत्मविश्वासहित खेलाडीको प्रस्तूति रहने उनको बुझाइ छ। भारतीय टीमसँग देशविदेशमा खेलेको धेरै अनुभव भएपनि उसको देशमा जीतेको नजिर र घरेलुदर्शकको साथले हौसला बढ्ने आधार रहेको खड्काले प्रस्ट्याए। 

भारतीय टीमलाई हिरो गोल्डकपमा जीते पछि नेपाली खेलाडीका मनोवल ह्वात्तै बढेको उनको बुझाइ छ। हरेक खेलमा एक पछि अर्को गर्दै उत्कृष्ट प्रदर्शन भइरहेको बताउँदै उनले भने, 'अहिले हाम्रो टीमसँग डोमिनेटिङ समाप्त भएको छ, यो ठूलो कुरा हो।'

नेपाली महिला फुटबल टीमकी कप्तान निरु थापाले पनि भारतीय टीमसँग डोमिनेट भएर खेल्नुपर्ने अवस्थामा नरहेको स्पष्ट पारिन। 'हारिहालिन्छ भन्ने सोचले ग्रस्त हुँदा र जीत्न सकिन्छ भन्ने भावनाबाट खेल्दा निस्कने परिणामले ठूलो अर्थ राख्छ,' उनले भनिन्। 

थापाले कोचको मनोवैज्ञानिक प्रशिक्षणले राम्रो काम गरेको बताइन्। भारत भन्नेवित्तिकै डर लाग्ने सोच कोच खड्काको निरन्तरको प्रशिक्षणले भागेको थापाले स्पष्ट पारिन्। 

यता निरन्तरको टीम विजेता भारतले भने नेपाली टिमको पछिल्ला प्रस्तूतिलाई सामान्य ढंगले नहेरेको बताएको छ। टीम कोच मायामोल नेदुगदान रकिले नेपाली टिम बलियो रुपमा आएको तर, आफ्नो तयारीपनि कमजोर नरहेको स्पष्ट पारिन्। 'नयाँ ठाउँ, नयाँ परिवेश भएपनि प्रतियोगीता जीत्न कन्फिडेन्ड छौँ,' उनले भनिन्। 

टीम कप्तान आशालता देवीले नेपाल र भारतबीचको प्रतियोगिता निकै राम्रो टिम हुने बताइन्। 'नेपाली टीम र उसको क्षमतालाई म सधैं सम्मान गर्छु' उनले भनिन्, 'मैदानको तयारीमा हामी न प्रेसर न त रिल्याक्स सिच्यूयएनमा नै रहन्छौं।'
 
महिला साफको चार संस्करणमा भारत च्याम्पियन बनेको छ। पटकपटक फाइनल पुगेर पनि उपाधी चुम्न नसकेको नेपाली महिला फुटबल टीम भोली ट्रफी उचाल्ने पर्खाइमा रहेको छ। भोलीको तयारीका लागि आज दिनभर फाइनल हुने मैदान सहिद रंगशाला विराटनगरमा अभ्यासरत छ। 

नेपाली फुटबल र भारतीय फुटबल टीमका कप्तान दोय निरु थापा र आशालता देवी पाँचौं महिला साफ च्याम्पीयनसीपको ट्रफी उचाल्दै।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.