डाक्टर नहुँदा धामीको भर

डाक्टर नहुँदा धामीको भर

जाजरकोट : बारेकोट गाउँपालिकास्थित लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा भरपर्दो उपचारको व्यवस्था नहुँदा स्थानीय बासिन्दा बिरामी हुनेबित्तिकै धामीझाँक्रीकोमा उपचारका लागि जाने गरेका छन्। उक्त स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी छ। त्यहाँ कार्यरत मेडिकल अधिकृत डाक्टर सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदामा गएपछि ६ महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको हो।

गाउँमा डाक्टर नभएको र सदरमुकाम टाढा भएकाले गाउँका बिरामी धामीसँग उपचारका लागि जाने गरेको स्थानीय सुरेन्द्र शाहीले बताए। स्वास्थ्य तथा सरसफाइ बारेकोट शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा बसेपछि उपचार सेवा दिन समस्या भएको बताए। दरबन्दी होल्ड गरेर डाक्टर अध्ययन बिदामा गएपछि उपचार सेवा प्रभावित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए।

स्वास्थ्य सेवा विभागले वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको हो।

जुम्ला र डोल्पासँग सिमाना जोडिएको र सडक यातायातको पहुँचमा नपुगेको दुर्गम गाउँपालिका हो बारेकोट। यो गाउँपालिकाबाट सदरमुकाम पुग्न कम्तीमा दुई दिन हिँड्नुपर्ने बाध्यता छ। स्थानीयलाई सामान्य रोग लाग्दा पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता छ। स्वास्थ्य सेवा विभागले डाक्टर प्रधानको अध्ययन बिदा स्वीकृति ग¥यो तर वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको अध्यक्ष शाहको गुनासो छ। उनले भने, ‘स्थापना भएको दुई दशकमा स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी कायम गरिए पनि डाक्टर बसेर सेवा दिएको रेकर्ड छैन।’

लामो समयपछि पुगेका डाक्टर प्रधान पनि केही महिनामै अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रवाह खस्किएको हो। दुर्गमका नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले डाक्टरको दरबन्दी कायम गरिए पनि बारेकोटवासीले कहिल्यै डाक्टरको सेवा नपाएको स्थानीय द्वारिका बुढाले गुनासो गरे।

डाक्टर मात्र होइन, ९ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्वाब असिस्टेन्ट पद पनि लामो समयदेखि खाली छ। आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याब सेवा सञ्चालनमा नआएको वर्षाैं भइसक्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.