जनमतसंग्रह भयावह विषय होइन : प्रधानमन्त्री

जनमतसंग्रह भयावह विषय होइन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनमतसंग्रह भयावह विषय नभएको’ बताएका छन्। चालू अधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र मधेस गठबन्धन (हाल जनमत पार्टी) का संयोजक सीके राउतसँग ‘जनमतसंग्रहको सहमति नभएको’ बताए।

‘विखण्डनकारी विचार अन्त्य भएका छन्। आफ्नै झण्डा आफ्नै देश भन्ने त्यो समूह अहिले विखण्डनको पक्षमा छैन’, प्रधानमन्त्रीले भने, ‘अब आग्रहमा होइन, जनताको अभिमत अनुसार चल्ने भएको छ। जनमत संग्रह भनिएको छैन।‘

जनतसंग्रह भइहाले पनि यो भयावह विषय नभएको टिप्पणी उनले गरे। ‘जनमत संग्रह भयाभव होइन। जनमत संग्रह भनेको जनतको भावना हो’, उनले भने, ‘तर यो विषय (११ बुँदे सम्झौता) मा जनमत संग्रह भनिएको त छैन।‘

राउत नेतृत्वको 'स्वतन्त्र मधेस गठबन्धन' सँग भएको ११ बुँदे सहमतिका कतिपय बुँदामा रहेका अस्पष्टताबारे सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए। 

‘जनमतअनुसार चल्छौँ भनेको हो, जनमत संग्रह होइन’

‘भौगोलिक अखण्डता लगायतका विषयमा जनमत संग्रह हुन्छ ?’, उनले फेरि भने, ‘पहिले उहाँहरूको माग थियो। पछि बोल्दा पनि भन्नुभएको छ- अहिले जनमत अनुसार चल्छौँ।‘  

संविधान सभाले बनाएको संविधान, संसद र संसदले बनाएको सरकार नै जनमत भएको प्रधानमन्त्रीको भनाई छ।

‘लोकतान्त्रिक अभियानका नेताहरूलाई थाहा हुनुपर्छ। यो संसद जनमतको सिर्जना हो। यो संविधान जनमतको सिर्जना, अभिव्यक्ति र आकांक्षा हो’, प्रधानमन्त्रीले भने, ‘यो सरकार जनमतको आकांक्षा हो।‘

संविधानअनुसार बनेका ७५३ स्थानीय सरकार, संविधान र संविधानबमोजिम बनेको संघीय सरकार नै जनमत भएको उनले दोहोर्‍याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.